Tuesday, March 22, 2016

होरी वा होली?

आफ्ना दाजु दानवराज हिरण्याक्षको वध गर्ने-भगवान विष्णुको गुणगान गर्ने छोरा प्रह्लादलाई मार्न दानवराज हिरण्य कश्यपले आदेश दिए । प्रह्लादलाई काखमा राखी अग्नि कुण्डमा प्रवेश गर्न अग्निदाह नहुने वरदान पाएकी बहिनी होलिकालाई दानवराज हिरण्य कश्यपले आज्ञा दिए । तदनुसार होलिकाले प्रह्लादलाई काखमा लिएर अग्नि कुण्डमा प्रवेश गर्दा होलिका स्वयम् जलेर भष्म भइन तर भक्त प्रह्लादलाई भने केही भएन । उनी सकुशल रहे ।

Monday, March 7, 2016

श्री शिवरात्री पर्व विशेष: कैलाश बासी भगवान शिव

माता च पार्वती देवी पितादेवो महेश्वर ।
वान्धवा शिवभक्ता च स्वदेशं भुवनत्रयम् ।।

हाम्रा अरु पौराणिक देवी देवताहरुको निवासस्थान अनय लोकहरुमा भएपनि भगवान शिव तथा माता पार्वतीको निवास नगाधिराज हिमालयको कैलाश पर्वतमा रहेको वर्णन छ । र यो कैलाश पर्वत नेपाल राष्ट्रको निकटवर्ती क्षेत्र हुँदा नेपाल अझ सौभाग्यशाली बन्न पुगेको छ । कैलाश पर्वतलाई भगवान शिव र माता पार्वतीको निवास भएको हुनाले होला, ‘न कैलाश समो गिरी’ भनेर यस पर्वतको महिमा वर्णन गरिएको छ । कैलाश निकटवर्ति नेपाली क्षेत्रमा भगवान शिव र शक्ति स्वरुपा पार्वती देवी तथा शिवगणहरुका मन्दिर, गिरी गुफाहरु बिभिन्न स्थानहरुमा विद्यमान रहेका छन् । यी मन्दिरहरुमा श्री पशुपति, केदारनाथ, जगन्नाथ, बैद्यनाथ, बैजनाथ, मल्लिकार्जुन आदि नामहरुबाट पूजित रहेका छन् र देवी पार्वतीका पनि निङ्गलासैनी, रण्यासैनी आदि सात सैनी देवीहरु र देवी दुर्गा, शैलेश्वरी, गुहेश्वरी आदि नामहरुबाट ठाउँ ठाउँमा पूजापाठ भइरहेको देखिन्छ । 

यस पावन महाशिवरात्रीको सुअवसरमा भगवान शिवमा सादर बन्दना गर्दै केही रचनाहरु प्रस्तुत गरिन्छ । ऊँ नमः शिवाय ।

Wednesday, March 2, 2016

गोदावरी मेला र गोदावरी पत्रिका

यसवर्ष गत माघदेखि कैलालीको गोदावरी क्षेत्रमा प्रसिद्ध साहित्यकार श्री पदमराज जोशीजीको संयोजकत्वमा केही श्रद्धालु, प्रगतिशील धार्मिक व्यक्तित्व्हरुको लगन र परिश्रमले यस सुप विकास क्षेत्रकै अद्वितीय गोदावरी कुम्भ नामक मेलाले अपार सफलता प्राप्त गरेको देखिन्छ । यस मेलामा लाखौं श्रद्धालु अथाव दर्शनार्थीको सहभागिताको अतिरिक्त राष्ट्राध्यक्ष श्रीमती विद्यादेवी भण्डारीले यस कुम्भ मेलाको उद्घाटन गर्नु पनि ऐतिहासिक महत्व रहेकोछ । साथै अनेक गण्यमान्य र समाजका प्रतिष्ठित तथा साधु सन्याषी महात्माहरु सहितको आगमनबाट यो प्रथम धार्मिक आयोजनाले अत्यन्त लोकप्रियता प्राप्त गरेको देखिन्छ । र यसबाट सुप क्षेत्रको महत्व बढेको छ । यस कुम्भ मेलाको पौराणिक आधार जसमा सातवटा गोदावरी नदीहरुको वर्णनले पनि मानिसहरुमा श्रद्धा बढाएको छ । र यस क्षेत्रमा भगवान श्रीकृष्णको चरण पादुका रहेको चिन्ह आदि धार्मिक अवशेषहरु पनि यस कुम्भ मेलाका सम्वाहकहरु हुन ।