Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Saturday, December 5, 2020

खौ को ?


सोट्टाका डुबका अहा कति मिठा छाँछ बकली होइबरे,
तितौडा, सोट्टा, गहत, मुसुरको दाल छाँछ चूक हालिबरे ।

धनियाँ, दाडिम, आमकी चटनी लै दालभातसित होइबरे,
फाइवस्टार होटल नाँ गरन्याँ खानाइ सब खाइबरे ।।

घोगा गौंका रोटा फुल्क्या पन्याँ सय्या छाँछीबटुक खीर लै,
माणा झुनझुन्याँ पुरी बटुक सेल राइतो घिऊ दूध दै ।

नेथीको पलेउ माण कोइरालोः भुट्याकी छाँछ पाइया,
मोटो चावल लै बडो मिठो हुन्याँ थपी थपी आइन्थ्याँ ।।


अम्बा, आम, अनाँर, मिणा चिउराका केला, आरु सुन्तला,
स्याउ, नास्पाती, मौसमी, वनका ऐँस्याल लै किर्मडी ।

लौकी तोरिया सिमी आलु कदु पिणौं भिण्डी करेला चोतो,
रायो चन्सुर पालङो बेथु गोभी खुर्सानी हरियो तोडो ।।


मानव जीवनलाइ स्वाद पौष्टिक दिन्याँ अनेक बस्तु छन्,
प्रकृतिले उपहार यो सरलता पुर्याइ दिइन् ।

सौगात यो सब उपलब्ध होइबरे लै जिबडाको थप स्वादको,
आफुइ झाः पशुपन्छि प्राणी हत्त्या गरनु महापाप हो ।।

(आत्मराम ओझा स्मृति ग्रन्थबाट)




Sunday, October 11, 2020

महेन्द्रनगर दर्शन


 

 

 

 

 

 


नेपालको महाकाली अञ्चल तथा जिल्ला कञ्चनपुरको ।
यो हो सदरमुकाम महेन्द्रनगरी सुप महाँ पर्छ जो ।। 

सम्वत् दुई हजार बीसतिर यो बसाइएको शहर ।
ध्यान राखेर बनाइएछ पछिको जनचापको यो लहर ।।

गौचरभूमि त छैन एक टुडिखेल बसपार्क दुइटा अब ।
बाँकी भूमि नगर विकास संस्था अधीनमा पर्दछ ।।

उन्नाइस वार्ड गरी महेन्द्रनगरी भयो नगरपालिका ।
समावेश छ गाउँ क्षेत्र, सुविधा बिजुली र पानी बस ।।

यहाँबाट नजिक छ पुल बनबसा बस चल्छ भारत भरी ।
जीप बसमा काठमाडौंबाट दिल्ली बस बाटा छ यो छोट्करी ।।

चौडा पक्की सडक सफा चम्किला चौमञ्जिला घरहरु ।
आकर्षक रंगले रजाइ एकसे एक देखिन घरहरु ।।

जापानी, चीनियाँ र भारतीय औ हङकङ सिंगापुरी ।
अमेरिकी र बेलायती सहितका सामान नेपाली पनि ।।

ठसाठस गरि मोल ग्राहकहरुलाई आकर्षित गरी ।
ब्यापारीहरु बस्छन् बालिष्टहरुमा अडेस ली बेसरी ।।

अंग्रेजी मिडियमका स्कुल बहुतै संस्था र व्यक्तिगत ।
हाइस्कुल सरकारी छन् अनि ठूलो विज्ञानको क्याम्पस ।।

मानविकी पनि एक क्याम्पस ठूलो, संस्कृत विद्यालय ।
यसमा मिल्दछ छात्रवृत्ति पढ्दा यो काम भने स्तुत्य छ ।।

दक्षिण भारत देश पर्दछ सीमा नदी महाकालीको ।
पारी तर्फ पनि छ गाविस दुई भूभाग नेपालको ।।

(साभार : कञ्चन रैबार, २०५८ असोज वर्ष १ अंक १, नेपाल निजामति कर्मचारी संगठन, जिल्ला कार्यसमिति कञ्चनपुर)