आफ्ना दाजु दानवराज हिरण्याक्षको वध गर्ने-भगवान विष्णुको गुणगान गर्ने छोरा प्रह्लादलाई मार्न दानवराज हिरण्य कश्यपले आदेश दिए । प्रह्लादलाई काखमा राखी अग्नि कुण्डमा प्रवेश गर्न अग्निदाह नहुने वरदान पाएकी बहिनी होलिकालाई दानवराज हिरण्य कश्यपले आज्ञा दिए । तदनुसार होलिकाले प्रह्लादलाई काखमा लिएर अग्नि कुण्डमा प्रवेश गर्दा होलिका स्वयम् जलेर भष्म भइन तर भक्त प्रह्लादलाई भने केही भएन । उनी सकुशल रहे ।