पाश्चात्य साहित्य र अन्य भाषाका साहित्यको कुरा होईन, सँस्कृत साहित्यमा पनि आदिकवि वाल्मीकी ऋषी तथा महर्षी द्धैपायन वेदव्यास एवं आफ्ना समयका महाकवी कालीदास, माघ, भारवी, भवभुति आदि पनि प्रख्यात स्रष्टाहरु हुन । तर भारतमा सँस्कृत भाषाको स्थान हिन्दीले लिएर व्यापक भई सकेपछि महाकवि सन्त तुलसी दास जुन सँस्कृतका पनि धुरन्धर विद्धान थिए । जस्तो की तुलसीकृत रामायणमा लेखिएका उनका सँस्कृत रचनाहरु सँस्कृत साहित्यका अनुपम रचनाहरु छन् । यस्ता सँस्कृतका विद्धानले हिन्दीको व्यापकता बुझेर सँस्कृतमा नलेखी सर्वसाधारणले बुझ्ने गरि हिन्दी (अवधी) भाषामा रामायणको रचना गरेर भने ‘स्वान्त सुखाय तुलसी रघुनाथ गाथा भाषा निवन्ध मति मंजुलमा तनोती’ यस प्रकार उनले सँस्कृत नलेखी सामयिक हिन्दी भाषामा लेखी श्री राम कथालाई विशाल ग्रन्थको रुपमा प्रस्तुत गरी व्यापक तुल्याए ।
हिन्दी भाषाका प्रसिद्ध साहित्यकारहरु धेरै छन् । जसमा आफुले जानेबुझे अनुसार अयोध्या सिंह उपाध्याय ‘हरि औध’को प्रीय प्रवाश नामक रचना ग्रन्थ अनुपम रहेको छ । यसै प्रकार अज्ञेयको ‘शेखर एक जीवनी’ नामक रचनाका पंक्तिहरुको अर्थ दुई पल्ट पढ्नुपर्ने हुन्छ । अन्य प्रख्यात कवि साहित्यकारहरुमा सुमत्रिानन्दन पन्त, महादेवी वर्मा, जयशंकर प्रसाद, भगवती चरण वर्मा, मुन्सी प्रेम चन्द, रामचरी सिंह दिवाकर , निराला आदि पनि कालजयी साहित्यका रचनकार हुन् । तर सन्त तुलसी दासको तुलसी रामायण जस्तो विशाल ग्रन्थ अरु कसैको देखिएन ।