Tuesday, March 22, 2016

होरी वा होली?

आफ्ना दाजु दानवराज हिरण्याक्षको वध गर्ने-भगवान विष्णुको गुणगान गर्ने छोरा प्रह्लादलाई मार्न दानवराज हिरण्य कश्यपले आदेश दिए । प्रह्लादलाई काखमा राखी अग्नि कुण्डमा प्रवेश गर्न अग्निदाह नहुने वरदान पाएकी बहिनी होलिकालाई दानवराज हिरण्य कश्यपले आज्ञा दिए । तदनुसार होलिकाले प्रह्लादलाई काखमा लिएर अग्नि कुण्डमा प्रवेश गर्दा होलिका स्वयम् जलेर भष्म भइन तर भक्त प्रह्लादलाई भने केही भएन । उनी सकुशल रहे ।

Monday, March 7, 2016

श्री शिवरात्री पर्व विशेष: कैलाश बासी भगवान शिव

माता च पार्वती देवी पितादेवो महेश्वर ।
वान्धवा शिवभक्ता च स्वदेशं भुवनत्रयम् ।।

हाम्रा अरु पौराणिक देवी देवताहरुको निवासस्थान अनय लोकहरुमा भएपनि भगवान शिव तथा माता पार्वतीको निवास नगाधिराज हिमालयको कैलाश पर्वतमा रहेको वर्णन छ । र यो कैलाश पर्वत नेपाल राष्ट्रको निकटवर्ती क्षेत्र हुँदा नेपाल अझ सौभाग्यशाली बन्न पुगेको छ । कैलाश पर्वतलाई भगवान शिव र माता पार्वतीको निवास भएको हुनाले होला, ‘न कैलाश समो गिरी’ भनेर यस पर्वतको महिमा वर्णन गरिएको छ । कैलाश निकटवर्ति नेपाली क्षेत्रमा भगवान शिव र शक्ति स्वरुपा पार्वती देवी तथा शिवगणहरुका मन्दिर, गिरी गुफाहरु बिभिन्न स्थानहरुमा विद्यमान रहेका छन् । यी मन्दिरहरुमा श्री पशुपति, केदारनाथ, जगन्नाथ, बैद्यनाथ, बैजनाथ, मल्लिकार्जुन आदि नामहरुबाट पूजित रहेका छन् र देवी पार्वतीका पनि निङ्गलासैनी, रण्यासैनी आदि सात सैनी देवीहरु र देवी दुर्गा, शैलेश्वरी, गुहेश्वरी आदि नामहरुबाट ठाउँ ठाउँमा पूजापाठ भइरहेको देखिन्छ । 

यस पावन महाशिवरात्रीको सुअवसरमा भगवान शिवमा सादर बन्दना गर्दै केही रचनाहरु प्रस्तुत गरिन्छ । ऊँ नमः शिवाय ।

Wednesday, March 2, 2016

गोदावरी मेला र गोदावरी पत्रिका

यसवर्ष गत माघदेखि कैलालीको गोदावरी क्षेत्रमा प्रसिद्ध साहित्यकार श्री पदमराज जोशीजीको संयोजकत्वमा केही श्रद्धालु, प्रगतिशील धार्मिक व्यक्तित्व्हरुको लगन र परिश्रमले यस सुप विकास क्षेत्रकै अद्वितीय गोदावरी कुम्भ नामक मेलाले अपार सफलता प्राप्त गरेको देखिन्छ । यस मेलामा लाखौं श्रद्धालु अथाव दर्शनार्थीको सहभागिताको अतिरिक्त राष्ट्राध्यक्ष श्रीमती विद्यादेवी भण्डारीले यस कुम्भ मेलाको उद्घाटन गर्नु पनि ऐतिहासिक महत्व रहेकोछ । साथै अनेक गण्यमान्य र समाजका प्रतिष्ठित तथा साधु सन्याषी महात्माहरु सहितको आगमनबाट यो प्रथम धार्मिक आयोजनाले अत्यन्त लोकप्रियता प्राप्त गरेको देखिन्छ । र यसबाट सुप क्षेत्रको महत्व बढेको छ । यस कुम्भ मेलाको पौराणिक आधार जसमा सातवटा गोदावरी नदीहरुको वर्णनले पनि मानिसहरुमा श्रद्धा बढाएको छ । र यस क्षेत्रमा भगवान श्रीकृष्णको चरण पादुका रहेको चिन्ह आदि धार्मिक अवशेषहरु पनि यस कुम्भ मेलाका सम्वाहकहरु हुन । 

Monday, February 29, 2016

नेपाली राजनीतिमा व्यक्तिवाद

नेपालमा सशस्त्र माओवादीहरुको उत्थान र पतनको क्रममा जन-आन्दोलनले नेपालको जनजीवनमा भयङ्कर मोड ल्याउदा लगभग १७ हजार नेपाली जनताको अकाल मृत्यु हुन पुग्यो । तैपनि यो सशस्त्र विद्रोही आन्दोलन सफल हुन सकेन र यस आन्दोलनको प्रमुख गुट जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भएको थियो, संसदीय पद्धतिको अनुशरण गर्नु भएपछि आफू र पार्टी नेपाली राजनीतिमा स्थापित भए । यस माओवादी पार्टीबाट टुक्रिएको बैद्य गुट एवं विप्लव गुटहरु पृथक पथबाट आफ्नो अस्तित्व देखाउदैछन् र हाल यस मुख्य माओवादी पार्टीबाट डा.बाबुराम भट्टराई पनि अलग भइ शक्ति सञ्चयमा लाग्नु भएको देखिन्छ । 

Monday, February 8, 2016

खुलेको नाकाबन्दी र अबको बाटो

नेपालको नयाँ संविधान जारीगरिएको समय / महिनादेखि अघोषित बन्द रहेका नेपालभारत सीमाका नाकाहरु क्रमशः सबै खुला भएको समाचार आएका छन् अन्तिम नाका वीरगञ्जमा स्थानीय दुबै देशका सीमाका व्यापारी तथा नागरिकहरुले साधारण बल प्रयोग रि विरोधी मधेशवादी आन्दोलनकारीहरुको पञ्जाबाट वीरगञ्ज भन्सार नाका गत शुक्रबारदेखि मुक्त गरिएको समाचार रहेको यस प्रकार सबै नाकाहरु मुक्त भएकाले नेपाली जनतालाई नाकाबन्दीको समस्याले सताउने छैन भन्ने लागेको तथापी मधेसवादी केही नेताहरु अब विरोधको स्वर बदली राजधानी केन्द्रित विरोध प्रदर्शन गर्ने भन्ने वक्तव्यहरु दिइरहेका छन् जुनहरुवा गोरुको छेरुवा दाउभन्ने उखान जस्तै

Friday, January 22, 2016

नेपालको सवाल

पुर्वस्या कौशिकी पुण्या सर्वपाप विनासिनी 
गंगा त्रिसूल गंगारव्या प्रतीया दिशिसांस्थिता ।।
दक्षिणास्या दिशिनदी पवित्रा शीतलोदका 
एतनमध्ये महापुण्य नेपाल क्षेत्र भीरितम् ।।
(हिमवतखण्ड)

अर्थातः नेपालको  पूर्वमा कौशिकी नदी, पश्चिममा त्रिसूली नदी तथा उत्तरमा शिवपुरी दक्षिणमा चिसापानी खोला रहेको मानिएको यस प्रकार सानो क्षेत्रमा सिमित नेपाललाई गोर्खाका राजा श्री पृथ्वीनारायण शाहले तत्कालीन  छिन्नभिन्न रुपमा स्वतन्त्र अस्तित्व बनाइ रहेका वाइसे चौविसे तराई क्षेत्रका राज्यहरु समेत वहाँका सुयोग्य उत्तराधिकारीहरुले कुमाऊँ, गढवाल राज्यहरु समेत विजय गरी यस विजित क्षेत्रलाई पौराणिक नेपाल नाउ दिए । 
उनले वैदिक सनातन संस्कृति अनुरुप देवनागरी लिपि भाषा समेत प्रदान गरी खडा गरेको हिन्दुराष्ट्र नेपालको राजसंस्थाको वहिर्गमन पश्चात संसारमा प्रचलित अनेक राजनीतिकवादहरुको प्रयोगस्थल बनेको नेतातन्त्रको यस लोकतन्त्र वा गणतन्त्र नामक शासन व्यवस्थामा माओवादी  द्वन्द्व सहित अनकौ अराजकता दैवि प्रकोप भूकम्पसहितको मारले सम्पूर्ण राष्ट्र जर्जर, पीडित भइरहेको अवस्थामा मित्रराष्ट्र भारतबाट अघोषित नाकाबन्दीको कष्टप्रद नीतिले गर्दा नेपाली जनजीवनमा कहिले नपाएको दुःख, पीडा, कष्ट सहनु परेको  
नेपाल राष्ट्रको दुर्भाग्यले नेपाल निर्माता श्री ५  पृथ्वी नारायण शाहको वंशमा पछिल्ला पिढिहरुमा निर्बल शासकहरुको शासन हुँदा आफ्नै भारदार मध्ये एकथरीले राणा नामधारण गरि १०४ वर्षसम्म नेपालको एकछत्र जहानिया स्वच्छन्द शासन गरेपनि राणा शासनले नेपालको राष्ट्रवाद कायम राख्नमा कुनै कसर राखेनन् तर त्यस समयमा संसारमा जुन वैज्ञानिक प्रगति भइरहेको थियो, राणा शासनमा त्यसबाट नेपाली जनताले प्रगति गर्न सकेनन्   देशका केही प्रगतिशिल युवाहरुमा यस शासनविरुद्ध जागृत भएको विरोध अभियानमा टंकप्रसाद आचार्य सहित धेरै जनाले जेलनेल प्रवासको दण्ड भोग्नु परेको प्रमुख विरोधी मानिएका दशरथ चन्दगंगालाल श्रेष्ठधर्मभक्त माथेमा  शुक्रराज शास्त्रीले शहादत दिनु परेको थियो यसै बलिदानको कारण वि.सं. २००७ सालमा नेपाली काग्रेसको नेतृत्वमा राणाशासन विरुद्धको सशस्त्र क्रान्तीमा एकतंत्री राणाशासन विस्थापित भइ प्रजातन्त्रको पद्धति अनुरुप श्री  को नेतृत्वमा नेपालको शासन व्यवस्था कायम गरियो 

वि.सं२०१५ सालमा पहिलो पटक नेपालमा आम चुनाव भइ नेपाली काँग्रेसले बहुमत प्राप्त गरि शासनाकृढ भएकोमा श्री महेन्द्रबाट निर्वाचित काँग्रेसी सरकारलाई बर्खास्त गरि पंचायती व्यवस्था लागु गरिएपछि नेपालमा अराजकताको विजारोपण भइसकेको थियो  त्यसबेला पनि मधेशवादी नाराहरु  उठेको होइनन् तर ति सबैको सरकारले ति विरोधी स्वरहरुलाई सुल्झाउने प्रयोग सफल भइ विरोधी स्वरहरु शान्त पारिएको थियो तत्पश्चात २०५९  सालमा भएको दरवार हत्याकाण्ड जसमा श्री वीरेन्द्र शाहको परिवारनै यस हत्याकाण्डको भेटी चढ्यो  श्री  ज्ञानेन्द्रको उदय भयो 
वहाँको पालामा प्रधानमन्त्री पदका लागि दरखास्त हाल्नेजस्ता प्रजातान्त्रिक व्यवस्थाको अवमूल्यनको काम भएकोले एकथरी असन्तुष्ट राजनीतिज्ञहरु देशमा उथलपुथल मच्चाउने किसिमको माओवादी विद्रोहले  गर्दा १० वर्गादेखि अशान्त  भयङ्कर अराजकताको भुमरीमा फसेको  माओवादी सहितका पाटीले अलगाववादी नारा जस्तै जातीय पहिचान, जातीयराज्य, प्रान्तीय राज्य  सबै भन्दा ठूलो संघीय व्यवस्थाको शुत्रपातले गर्दा नेपालका १२५ जाती १२३ भाषाभाषीहरुमा आफ्नै जाती वा समूहले देशको शासन गर्ने दुराकाँक्षा जागृत भइ यो एकताबद्ध नेपाल राष्ट्र अलगाववादको भुमरीमा फैसेको   सबै भन्दाबढी समस्या वर्तमान मधेशी अधिकारवादीहरुको आन्दोलनले गर्दा देश दयनीय हालतमा पुगेकोछ  

जुन देशमा नागरिकहरु आफ्नो राष्ट्रवाद बिर्सि अरुको तालमा नृत्य गर्न लाग्दछन, त्यसको  भविष्य के होला वर्तमान भाजपाको भारत सरकार नेपाल राष्ट्रको लागि अत्यन्त शुभचिन्तक होला भन्ने जुन नेपाली जनताको धारणा थियो यसको विपरित वर्तमान भारत सरकारले अघोषित नाकाबन्दीको नीति अपनाएकोले हरेक कुरामा भारतमा निर्भर परावलम्वी नेपाल राष्ट्र वर्तमानमा भोजनऔषधीइन्धन आदि जीवनोपयोगी अतिआवश्यक कुराहरुबाट बञ्चित रहनु परकोेले जर्जर  पीडित बन्न पुगेको   भारत सरकारलाई समस्त नेपाली जनताको चिन्ता छैन तर केही मधेशवादी नेताहरुको मात्र समर्थन गरि एउटा आफ्नो सहृदयी राष्ट्र नेपाललाई दुःखित पारिरहेको   अब चाँडै पूर्ववत व्यवस्था नगरिदिएमा नेपाल राष्ट्रको कुन गति हुन्छ भन्न नसकिने अवस्था आएको   यस कारण ‘राजा आऊ देश बचाउ हिन्दुराष्ट्र कायम गर जस्ता उद्घोष जनताबाट भइरहेका देखिन्छन 

(२०७२ मंसिर २२ गते सुदुर पश्चिमबाट निस्किने पश्चिम नेपाल दैनिकमा प्रकाशित)

सुदूरपश्चिम र समाज

वर्तमान नेपाल राष्ट्रको पश्चिमी भूभाग जसलाई सुदूरपश्चिम विकास क्षेत्रका नामले परिचय गराइन्छ, यसै क्षेत्रभित्र पौराणिक मानसखण्डक्षेत्रको  पूर्वि भूभाग पनि समावेश रहेको यस विषयमा स्कन्दपुराणको मानसखण्डमा यो श्लोक प्रचलित रहेको छ; 

नन्दपर्वत मारभ्य यावत काकगिरी स्मृत 
तावद्वै मानसखण्ड ख्यायते मुनिसन्तम ।।

अर्थातः नन्द पर्वतबाट काकगिरीसम्मको क्षेत्र मानसखण्ड हो काकगिरी कर्णाली नदी निकट पर्दछ, भनि यसै मानसखण्ड पुस्कतमा उल्लेख गरिएकोछ  

नेपालमा १२५ जातजाती  १२३ भाषा बोलिने गर्दछन भने सरकारी आकडाहरु बताउँछन बर्तमान नेपाली राजनीतिज्ञ मध्ये केहीको विकृत राजनीतिअनुसार हरेक जातजातीलाई अलग-अलग राज्यमा कायम गर्ने हो भने एक-एक टुक्रा जमिन पनि भागमा पर्ने छैन अतएब जातीय राज्यको कल्पना देशलाई खण्डित गर्ने काम मात्र हो यस सुदूरपश्चिमलाई पौराणिक कालमा उत्तर कुरु पश्चिम कत्यूरी राम्राज्य अन्तरगत तथा जुम्ली खस चल्लमल्ल साम्राज्यअन्तरगत रही तत्पश्चात अछाम, बझाङ, डोटी आदि प्रभुता सम्पन्न साना-साना राज्यहरुमा विभक्त क्षेत्रलाई श्री पृथ्वीनारायण शाह वहाँका सुयोग्य उत्तराधिकारीहरुद्वारा कुमाउ, गढवालसम्म राज्य विस्तार गरेका थिए पछि नेपाल-अंग्रेज युद्धमा भएको सुगौली सन्धी नामक सन्धीमा पश्चिममा महाकाली नदी सीमा गरी पहाडतर्फ तराईका केही जिल्लाहरु समेत अंग्रेजी साम्राज्यअन्तरगत गएका थिए सन १८५७ को गदरमा अंग्रेजी शासकलाई नेपाल सरकारले साथ दिएकोले विजयोपरान्त अंग्रेजी सरकारले कञ्चनपुर, कैलाली, बर्दिया बाँकी चार जिल्लाको भू-भाग नेपाललाई फिर्ता गरिदिएकोले नेपाल अधिराज्यभित्र कामय गरिएकोले वर्तमान नेपाल राष्ट्र कायम रहेको थियो 

नेपाल-अंग्रेज युद्धपूर्व उपरोक्तअनुसार अछाम, बझाङ, डोटीआदि स्वतन्त्र राज्यहरु रहदा कैलाली कञ्चनपुरको भूभागसमेत यिनै राज्यहरुअन्तरगत रहेको थियो यसैक्षेत्रको लागि तत्कालीन सीमावर्ती मुस्लिम राज्यहरुसँग डोटीराज्यको मुडभेडहुँदा यी युद्धहरुको वर्णनका कयौं घटनाहरुको उल्लेख इतिहास, चैतआदिमा गरिएको छ  इतिहासअनुसार दिल्लीका बादशाह अकबरको समयमा चिन्तौड राजस्थानका शासक महाराण प्रतापको अकबरको हल्दीघाटी भन्ने ठाउँमा भएका भीषण युद्धमा २२ हजार राजपूत सेना अकबरको लाखौ सेनाबाट मारिएको थियो यस युद्धमा आफ्नो हार निश्चित सम्झि राजपूत योद्धाहरुले आफ्ना सहयोगी भिल्लाहरुको साथमा आफ्ना नाबालक केटाकेटी पत्नीहरु समेत सुरक्षित ठाउँमा गएर बस्न पठाएपछि उनीहरु हिमालयबाट तराई क्षेत्रमा आएको कुरा भारतीय इतिहासहरुबाट देखिन्छ  ती शारणार्थी राजपुत युवतीहरु हाल भारतीय तराई भावर क्षेत्रबाट सर्दै वर्तमान नेपालको तराईतर्फ आइ रानाथारु नाउले रही आएका भारतीय क्षेत्रतर्फ महाराणा प्रतापको मन्दिरसमेत बनाइ पूजाअर्चना गर्ने गरेको बुझिन्छ 

यस सन्दर्भमा नेपाल पुरातात्विक विभागको प्राचीन नेपाल नामक मुखपत्रमा कैलाली, कञ्चनपुरमा ५०० वर्ष अघिसम्म रानाथारु थिएनन  दंगाली थारुहरु श्री  जुद्ध समशेरका पालामा मात्र आएका हुन भनि स्पष्ट उल्लेख गरेको  

यिनै घटनाहरुबाट यस सुप तराई क्षेत्रमा पनि थारुहरुको अस्तित्व देखिएको यसक्षेत्रमा रहेका आदिवासी मध्ये सौका, देउरिखी, महता, पावडखस, अनन्त  बोहरामनाउनेहरु सन एक हजार त्यसका पछि आएकाहरु रहेका छन् तर इतिहासकार डा.देवीप्रसाद ओझाको इतिहास पुस्तकमा यसक्षेत्रमा आदिवासी शुद्र जाती हुन भनि उल्लेख गरिएको  

वर्तमान नेपाली कानून अनुसार कानूनी रुपले नागरिकता प्राप्त हरेक व्यक्तिको राज्यमा समान हक उत्तरदायित्व हुने आफ्नो शक्ति क्षमताअनुसार आफ्नो उन्नति गर्ने सबैलाई समान हक अधिकार भएकोले जातीय रुपले मेरो मात्र हकअधिकार हुनुपर्छ भन्ने विचार राष्ट्रघाती हुनसक्छ नेपालका अरु क्षेत्र भन्दा वर्तमान सुप क्षेत्रमा २५ प्रतिशत गरिबी बढी रहेको कुरा सरकारी रुपले पनि स्वीकार गरेका तर्फ पनि यसक्षेत्रका निवासीहरुले सामुहिक रुपले शिक्षा, उद्योग, रोजगार आदिमा बृद्धि उन्नति गर्नु नै अनिवार्य रहेको  

यसकारण अगामी बाँकी विकृत राजनीतिज्ञहरुका कुटिल जनीतिक विचारधारातर्फ नलागी आफ्नो कुरितिहरुको परित्याग गर्दै स्वधर्ममा दृढ रही आफ्नो उन्नतिको कार्य गर्नु पर्नेछ यसको लागि मेलमिलाप नै उत्तम उपाय हो  आफ्नो गौरवशाली पूर्खाको धर्म छाडी धर्मान्तरण गर्नेहरुलाई गीतामा भनिएको , ‘स्वधर्मम् मिधनम् श्रेय परमधर्मो भयावहअर्थात आफ्नो धर्ममा निधन पनि श्रेय हो परधर्म भयावह हो  

अस्तु 

(२०७२ पुष  गते सुदुर पश्चिमबाट निस्किने पश्चिम नेपाल दैनिकमा प्रकाशित)