(वि.सं. १९८७ मंसिर १८ - २०७३ पुष १४)
Thursday, June 25, 2020
Wednesday, December 5, 2018
माया लाग्छ पहाडको
ऐँसेलु, किरमडा (चुत्रो), अम्बा, दाडिम, ओखर
सुन्तला, चिउरी, आरू, आँप, चुक र ज्यामिर ।
नासपाती, बिमरो, स्याउ, केरा, मौसमी, काफल
कोसेली सन्ततिलाई पृथ्वीको उपहार यो ।।
जाई, जुही, चमेली, हसना र गुनकेसरी
सुगन्धराज, कोइरालो, नसाडेफूल, प्याउली ।
सेता, राता तथा नीला, हरिया, बैजनी लता
रुखका कोपिला रंगीबिरंगी देखिने छटा ।।
सल्ला, दल्ला, टुँडी, बाज, गुराँस लालिमायुक्त
देवदार, धूपी, पैयुँ, कहीँ साल र सानन ।
नेटा, उँचा, भिराला र अति उच्च हिमाञ्चल
देखिने लहरेडाँडा भरिला वन प्रान्तर ।।
सिरीसिरी बहने हावा हल्लिई रुखका टुपा
मानौँ संकेत गर्दै छन् नजा यात्री नजा नजा ।
बाटोमा हिँड्दा थाक्दा बस्छ यात्री छहारीमा
आमाले थपथप्याए झैँ सुत्छ आनन्द मग्नमा ।।
गुञ्जेको दोहोरी गीत हुँदै पाखा वनान्तर
पोख्दछन् विरही प्रेमी पिर मनको निरन्तर ।
यात्रीको मन झस्कन्छ सम्झी विगतका कुरा,
आफ्नो विवशता पोख्छन् भिजाई आँसुले धरा ।।
नदी ताल तलैयाको झरना, लेक बेँसीको
हिउँको मूलपानीको डाँडाकाँडा बराडको ।
चौतारी वृक्षको रम्य देखिने त्यो हिमालको
जननी जन्मभूमिको माया लाग्छ पहाडको ।
इति !!
(प्रकृति, समाज र इतिहासका विषयमा कलम चलाउने साहित्यकार आत्माराम ओझाका २५ पुस्तक प्रकाशित छन् । १८ मंसिर, १९८७ मा बैतडीको दशरथचन्द नगरपालिकास्थित बमराडमा जन्मिएका ओझाको १५ पुस, २०७३ मा निधन भएको थियो ।)
(काठमाण्डौको नया पत्रिका दैनिकमा २०७५ मंगसिर १८ गते प्रकाशित)
Wednesday, December 28, 2016
राष्ट्र भाषा मातृभाषा
नेपाल
एकिकरण भन्दा
पहिले बाइसे-चौबिसे
आदि राज्यहरुमा
हिन्दु, बौद्ध
धर्मालम्बी थिए । प्रत्येक राज्यमा
आफ्नै किसिमको
कानुनी व्यवस्था,
संस्कृति रहि
आएको थियो
। एकिकरण
पश्चात नेपाल
स्थिर राज्यको
रुपमा प्रतिष्ठित
भयो ।
त्यसपछि पूर्व
मेचीदेखि पश्चिम
महाकालीसम्म एउटै किसिमको राष्ट्र भाषा
र प्रशासनको
अनुभव गरी
श्री ५
पृथ्वीनारायण शाह र वहाँका उत्तराधिकारीहरुद्वारा
सम्पूर्ण अधिराज्यलाई
पौराणिक नेपाल
नाउ दिए
।
नेपालका
बहुसंख्यक जनताद्वारा बोलिने नेपाली भाषालाई
नै सरकारी
कामकाजको भाषा
बनाइयो ।
राष्ट्र भाषाको
रुपमा स्थापित
गरिएको र
भारतवर्षमा व्यापक देवनागरी लिपीलाई नै
सरकारी लिपी
बनाइयो । त्यसैलाई
व्यवहारमा ल्याउदा नेपाल भित्र बोलिने
एक सय
भन्दा बढी
भाषाहरु मध्ये
पनि आज
नेपाली भाषा
जनको बोलिने
र बुझ्ने
भाषा बनेको
छ ।
अंग्रेजी
शासनपछि स्वतन्त्रता
कारण भारतले
त्रिमाणा फर्मुला
अपनाएर प्रत्येक
राज्यको आफ्नो
भाषा र
राष्ट्र भाषा
हिन्दी र
सरकारी लेखपढको
भाषा अंग्रेजीबाट
काम चलाउनु
परेको थियो
। तर
नेपालमा व्यवहारमा
स्थानीय भाषा
र सरकारी
कामकाजमा नेपाली
भाषाको आवश्यकता
पर्ने भएपनि
राष्ट्र भाषा
नेपालीबाट मात्रै पनि काम चल्ने
स्थिति रह्यो
। त्यसकारण
नेपालमा बोलिने
भाषाहरुमा भोटे, नेवारी, थकाली, राइ,
लिम्बु आदि
समुदायको भाषालाई
चाइनिज, तिब्बती
अर्थात हिमाली
भाषाको नाम
दिइएको र
बहुसंख्यक नागरिकहरुको बोल्ने भाषाहरु भोजपुरी,
मैथिली, अवधी,
डोटेली, थारु,
जुमसी आदि
भाषाहरुलाई भारोपेली भाषा अन्तर्गत राखिएको
छ ।
र यो
भाषा बहुसंख्यक
जनताहरुबाट बोलिने भाषा भएकाले पनि
यसको विस्तार
हुन सक्छ
। त्यसमा
पनि नेपाली
विद्धानहरुले राष्ट्र भाषा नेपालीमा उत्कृष्ट
रचनाहरु, पत्रपत्रिका,
पुस्तकहरु प्रकाशन गरि दिएकाले नेपाली
भाषा आज
राष्ट्र भाषा
मात्र नभै
आम जनताको
प्रिय भाषा
बनिसकेको छ
।
एक
समय हिन्दी
भाषालाई पक्की
भाषा र
नेपाली भाषालाई
कच्ची भाषा
भन्ने चलन
पनि थियो
। तर
वर्तमान नेपाली
भाषा पनि
हिन्दी भाषा
भन्दा साहित्य
रचनाहरु समेतमा
कम छैन
। यसकारण
अब कच्ची
र पक्की
भन्ने द्विविधात्मक
संज्ञा रहेन
। तैपनि
भाषा नविकरणको
नाममा केही
व्यक्तिहरुले भाषालाई बिगार्ने दुष्प्रयास पनि
गर्न छोडेका
छैनन् ।
सायद यस्तै
गरी भाषा
बिग्रन लागेको
तर्फ नेपालका
विशेषज्ञहरुको विरोधमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट
छापिएका शब्दकोषलाई
फिर्ता लिनु
परेको छ
।
माथी
उल्लेखित भारोपेली
भाषाकी जननी
संस्कृत भाषा
रहेको र
संस्कृतका आदि विद्वानहरुले संस्कृत भाषाको
सिद्धान्त र मार्गदर्शन गरिसकेका छन्
। अब
केही व्यक्तिहरु
आफ्नो विद्धता
दर्शाउन अवैज्ञानिक
रुपले प्रचलित
नियम भंग
गरी आफ्नो
विचार लाद्न
चाहन्छन् ।
जसले उन्नतिको
ठाउँमा भाषाको
अवसान गराउछ
।
नेपालमा
प्रचलित अरु
भाषाहरुको कुरा छोडौं केवल आफ्नो
स्थानीय भाषा
डोटेली भाषा
परिवारको कुरा
गरौं ।
सुदूरपश्चिममा बोलिने भाषाहरुमा ‘अ-यो,
ग-यो’
जस्ता केही
सामान्य विभेद
भए पनि
सबै भाषाहरु
भारोपेली भाषा
अन्तराात हुनाले
परम्परागत सम्बाद गर्दा आ–आफ्नो
भाषामा कुरा
गरे पनि
दुबै थरीले
बुझ्न सक्छन्
। र
लिपी सबैको
देवनागरी नै
हो ।
हालका
दिनहरुमा भाषाप्रेमीहरुले
यस डोटेली
भाषा परिवारका
भाषाहरुमा पनि विभिन्न उत्कृष्ट पुस्तकहरु
लेखी प्रकाशित
भइ सकेका
छन् ।
शब्दकोषसमेत प्रकाशित भइसकेको छ । केही पत्रपत्रिकाहरु
पनि प्रकाशित
छन् ।
तर भाषा
लेखनको स्थिरता
हुन नपाउँदै
एउटा प्रतिष्ठित
डोटेली भाषाका
मासिक पत्रिकाले
केही व्यक्तिहरुका
लहलहैमा स्थानीय
भाषालाई अंग्रेजीको
रोमन जस्तै
शैलीमा लेख्ने
पढ्ने कथित
प्रयास भइरहेको
छ ।
यसबाट भाषालाई
केही अवरोध
आएपनि यो
खेलवाड विद्धान
सम्पादक महोदयको
लागि उपहास
हुन सक्ने
कुरा बुझी
मान्यता विपरीत
भाषा बिगार्ने
काम नहोस
भन्ने आसय
छ ।
अन्तमा
देवोक्ती छ,
‘मातृभाषा, मातृसंस्कृति र मातृभूमि,
यी तीन
देवीहरु कल्याणकारी
हुन ।’
इति !!
Tuesday, August 16, 2016
सुदूरपश्चिम क्षेत्र अब र तब
यो सुदूरपश्चिम क्षेत्र वि.स. १८४७ र १८४९ मा नेपाल अधिराज्यमा गाभिएपछि सुदुर पश्चिमाञ्चल विकाश क्षेत्र सम्बोधित भइ हाल नयाँ संविधान अनुसार सातौं प्रदेशमा गणना गरिन पुगेको छ । यो क्षेत्र सृष्टिकालदेखि नै भारत वर्ष आर्यावर्त रहेको स्कन्दपुराण मानसखण्डको यस श्लोकले पनि दर्शाउछः–
नन्द पर्वत भारभ्य यावत काकगीरी स्मृत ।
तावद्धे मानस खण्डे ख्यायते नृप सत्तम ।।
उक्त मानसखण्ड पुस्तक अनुसार नन्द पर्वत हालको उत्तराञ्चल राज्यमा रहेको र काकगीरी कर्णाली नदी क्षेत्रमा रहेको भनिएको छ । यसका साथै यो क्षेत्र प्राचीन कालमा उत्तरकुरु नामले पनि एक समय प्रख्यात रहेको थियो । पाँचौ शताब्दीका भारतका गुप्त शासकहरु मध्ये सम्राट कुमार गुप्तको मन्दसौर नामक स्थानमा रहेको यस सिलालेख अनुसार यो क्षेत्र गुप्त साम्राज्य भित्र पनि रहेको देखिन्छ ।
चतुसमुद्रान्त विलोलमेखला, सुमेरु कैलाश बृहत पयोधरा ।
वनान्तवान्त स्फुट पुष्प हासिनी, कुमार गुप्ते पृथीवी प्रशासित ।।
कालान्तरमा गण्डकी नदीसम्मको क्षेत्र कत्युरी साम्राज्य अन्तरगत पर्दथ्यो र नागराजले जुम्ला सिंजामा राजधानी स्थापित गरेपछि यो सुप क्षेत्रसमेत कुमाउ रगढवाल राज्यहरुसहित जुम्ली खस चल्ल मल्ल साम्राज्य अन्तरगत रहेपनि यो सुप क्षेत्र विधर्मी र विदेशीहरुको अधिन कहिले रहेन ।
हिंसा र कुटनीति
अहिलेको विश्व प्रायः हिंसावादी छैन र जो हिंसावादी छन् ती असफल भई रहेका छन् । यसको प्रमाण वर्तमान विश्वमा कतै पनि हिंसाद्धारा सत्ता प्राप्तीका घटनाहरु भएको देखिदैन । हालैको टर्कीको सैनिक विद्रोह जसमा सेनाको एउटा ठुलो मासले निर्वाचित सरकार विरुद्ध विद्रोह गरको थियो तर जनताको ठुलो वर्गले यस विद्रोहलाई असफल गरिदिएको ताजा उदाहरण हो ।
यस घटनामा हजारौं विद्रोही सैनिकहरु बन्दी बनाईएका छन् भन्ने समाचारहरु छन् । भारतमा अंग्रेजहरुका आगमनको पूर्व भारतमा बलियो केन्द्रिय शासन व्यवस्था नभएको र अनेकौं स्वतन्त्र राष्ट्रहरु अस्तित्वमा रहेको बेला अनेकौं संगठित मुस्लिम आक्रमणकारीहरुले अरबसहितका देशहरुबाट आइ भारतलाई निजी शासन चलाए । तत्पश्चात आएका अंग्रेजहरुले आफ्नो सैनिक शक्ति एवं कुटनीतिहरु दुबै थरीको प्रयोगद्धारा भारतमा शासन गर्न सफल भएका र सन् १८५९ को सैनिक विद्रोहमा पनि आफ्नो कुटनीतिद्वारा आफ्ना पुराना शत्रु नेपाल र पञ्जाबलाई आफ्नो मित्र बनाई दुबै राज्यबाट सैनिक मद्दत लिई विजय सुनिश्चित गरेको थियो । त्यसपछि सैनिक शक्तिद्धारा भारतलाई स्वतन्त्र गराउन खोज्ने नेताजी शुवाष चन्द्र वोश आदि असफल भए तर अहिंसा आन्दोलनका प्रणेता महात्मा मोहनचन्द्र करमचन्द गाँन्धी आफ्नो सत्याग्रह आदि अहिंसक आन्दोलनद्धारा भारतलाई स्वतन्त्र गर्न सफल भएका थिए ।
Saturday, August 6, 2016
शहरी क्षेत्रमा करेशाबारी
सर्वप्रथम महेन्द्रनगरको कै कुरा गरौं । केही वर्ष पूर्व महेन्द्रनगरका निवासीहरुलाई जिल्ला कृर्षि विकास कार्यालयबाट स्थानीय बासिन्दाहरुलाई करेशाबारीहरुको लागि तरकारीको बिउ सित्तैमा प्रदान गरिन्थ्यो र यसबाट घर–घरमा तरकारीको उत्पादन बढेको थियो । तर केही वर्षयता यो प्रचलन बन्द गरिएकाले करेशाबारी हुनेहरु पनि प्रायः विउ विजन खरिद गरी तरकारी लगाउने शायद जाँगर नभएकोले हुन सक्छ, त्यस बेला जस्तो शहरी क्षेत्रका करेशाबारीहरुमा तरकारीको उत्पादन भैरहेको देखिएन ।
हालै महेन्द्रनगर निवासी एकजना कृषि अधिकृत श्री देवदत्त कलौनीजीले बोतलहरु समेतमा बोडी, चिचिण्डा आदि लगाई तरकारी लगाउने अभियान सुरु गरेको देखिएकोले यस प्रविधीले ठाउँ कम भएका क्षेत्रमा पनि त्यँहाका निवासीहरुले तरकारी उत्पादन गर्न सक्ने हौसला प्रदान गरेको छ । वहाँले एउटै दिनमा ४१ वटा चिचिण्डा टिपेर तरकारी बजारमा पठाउनु भएको थियो ।
हालका दिनहरुमा तरकारीको भाउ अत्यन्तै बढेको देखिन्छ । सायद हाम्रो जीवनमा सबै भन्दा बढी महङ्गो देखिएको छ । हुन त सबै थोकमा महङ्गाइ वृद्धी भएको छ तर जीवनोपयोगी आधारभुत आवश्यकताहरुमा बढेको महङ्गाइले गर्दा सर्वसाधारणको पहुँच नहुनु राम्रो कुरा होईन । हाम्रो नेपालको हिमाली क्षेत्रमा सिजन अनुसार अन्न, तरकारीहरु उत्पादन हुने भएपनि पहाडी र तराई क्षेत्रमा समयानुसार मनग्य तरकारीहरु उत्पादन हुन सक्छ । पहाडी क्षेत्रमा सबै किसिमका तरकारीहरुको उत्पादन हुने गर्दछ । त्यस मध्ये उसकुस तरकारीको विरुवा एकवर्ष लगाए पनि हिफाजत भयो भने २-३ वर्ष पछि फल दिने हुन्छ । अचेल बेमौसमी तरकारीको उत्पादन गर्न सकेमा पनि कृषकले मनग्य आम्दानी गर्न सक्छन् ।
Monday, July 25, 2016
धर्म के हो ?
संसारमा अनेकौं धर्महरु प्रचलित रहेका छन् र सबै धर्महरुका आ–आफ्ना किसिमका रितीरिवाजहरु कायम छन्। ऋग्वेदमा लेखिएको छ “एक सद् विप्रा वहुधा वदन्ति” अर्थात एउटै ईश्वरलाई विद्धानहरु अनेक नामले सम्बोधन गर्दछन्। तर अनेक नामले सम्बोधन मात्र होईन आराधनाको परिपाटी भिन्न–भिन्न रहेकोले एउटा फिल्मी गीतकारले लेखेका छन्ः–
“ए पाप है क्या, ए पुण्य है क्या
रितों पर धर्म कि मुहर है !”
अर्थात रिती (चलन)हरुलाई धार्मिक स्वीकृति हुनु नै पाप पुण्यको परिभाषा बन्न पुगेको छ । यसै चलन रीतका कारण कुनै धर्ममा धर्म भनिए पनि अर्को धर्ममा त्यो विषय पाप पनि हुन सक्छ । तर सृष्टिकालदेखि प्रचलित हिन्दु धर्मका व्यवस्थापक महर्षि व्यासको कथन छ:–
“अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम् ।।”
अर्थात अठार पुराणका रचयिता श्री व्यासको कथन छ, ‘परोपकार नैं पुण्य हो र परपीडन नै पाप हो ।’
Subscribe to:
Posts (Atom)
