Saturday, December 5, 2020

खौ को ?


सोट्टाका डुबका अहा कति मिठा छाँछ बकली होइबरे,
तितौडा, सोट्टा, गहत, मुसुरको दाल छाँछ चूक हालिबरे ।

धनियाँ, दाडिम, आमकी चटनी लै दालभातसित होइबरे,
फाइवस्टार होटल नाँ गरन्याँ खानाइ सब खाइबरे ।।

घोगा गौंका रोटा फुल्क्या पन्याँ सय्या छाँछीबटुक खीर लै,
माणा झुनझुन्याँ पुरी बटुक सेल राइतो घिऊ दूध दै ।

नेथीको पलेउ माण कोइरालोः भुट्याकी छाँछ पाइया,
मोटो चावल लै बडो मिठो हुन्याँ थपी थपी आइन्थ्याँ ।।


अम्बा, आम, अनाँर, मिणा चिउराका केला, आरु सुन्तला,
स्याउ, नास्पाती, मौसमी, वनका ऐँस्याल लै किर्मडी ।

लौकी तोरिया सिमी आलु कदु पिणौं भिण्डी करेला चोतो,
रायो चन्सुर पालङो बेथु गोभी खुर्सानी हरियो तोडो ।।


मानव जीवनलाइ स्वाद पौष्टिक दिन्याँ अनेक बस्तु छन्,
प्रकृतिले उपहार यो सरलता पुर्याइ दिइन् ।

सौगात यो सब उपलब्ध होइबरे लै जिबडाको थप स्वादको,
आफुइ झाः पशुपन्छि प्राणी हत्त्या गरनु महापाप हो ।।

(आत्मराम ओझा स्मृति ग्रन्थबाट)




Sunday, October 11, 2020

महेन्द्रनगर दर्शन


 

 

 

 

 

 


नेपालको महाकाली अञ्चल तथा जिल्ला कञ्चनपुरको ।
यो हो सदरमुकाम महेन्द्रनगरी सुप महाँ पर्छ जो ।। 

सम्वत् दुई हजार बीसतिर यो बसाइएको शहर ।
ध्यान राखेर बनाइएछ पछिको जनचापको यो लहर ।।

गौचरभूमि त छैन एक टुडिखेल बसपार्क दुइटा अब ।
बाँकी भूमि नगर विकास संस्था अधीनमा पर्दछ ।।

उन्नाइस वार्ड गरी महेन्द्रनगरी भयो नगरपालिका ।
समावेश छ गाउँ क्षेत्र, सुविधा बिजुली र पानी बस ।।

यहाँबाट नजिक छ पुल बनबसा बस चल्छ भारत भरी ।
जीप बसमा काठमाडौंबाट दिल्ली बस बाटा छ यो छोट्करी ।।

चौडा पक्की सडक सफा चम्किला चौमञ्जिला घरहरु ।
आकर्षक रंगले रजाइ एकसे एक देखिन घरहरु ।।

जापानी, चीनियाँ र भारतीय औ हङकङ सिंगापुरी ।
अमेरिकी र बेलायती सहितका सामान नेपाली पनि ।।

ठसाठस गरि मोल ग्राहकहरुलाई आकर्षित गरी ।
ब्यापारीहरु बस्छन् बालिष्टहरुमा अडेस ली बेसरी ।।

अंग्रेजी मिडियमका स्कुल बहुतै संस्था र व्यक्तिगत ।
हाइस्कुल सरकारी छन् अनि ठूलो विज्ञानको क्याम्पस ।।

मानविकी पनि एक क्याम्पस ठूलो, संस्कृत विद्यालय ।
यसमा मिल्दछ छात्रवृत्ति पढ्दा यो काम भने स्तुत्य छ ।।

दक्षिण भारत देश पर्दछ सीमा नदी महाकालीको ।
पारी तर्फ पनि छ गाविस दुई भूभाग नेपालको ।।

(साभार : कञ्चन रैबार, २०५८ असोज वर्ष १ अंक १, नेपाल निजामति कर्मचारी संगठन, जिल्ला कार्यसमिति कञ्चनपुर)


Tuesday, July 28, 2020

महर्षि वेदव्यासको कर्मभूमि


नेपाल र भारत राजनीतिक रूपले अलग अलग राष्ट्र भएपनि सांस्कृतिक रूपले भने दुवै देशमा एकता छ। यसका लागि दुवै देशका धर्म प्राण हिन्दु जनताको छिमेकी देशको तीर्थाटनको निरन्तरता सृष्टि कालदेखि अहिलेसम्म यथावत् रहिआएको छ।

तैपनि महात्मा गौतम बुद्धको जन्मभूमि सम्बन्धमा होस् अथवा प्रथम सगरमाथा (एभरेस्ट) आरोहीको मामिलामा होस् भारतका केही पत्रपत्रिका नेपाली क्षेत्रका विशेषतालाई आफ्नो क्षेत्रमा रहेको लेख्न संकोच गर्दैनन्।

यसै सिलसिलामा चार वेदका सम्पादनकर्ता एवं अठार पुराण तथा महाभारत ग्रन्थसमेतका निर्माता भगवान द्वैपायन वेदव्यासलाइ पनि भारतीय क्षेत्रकै उत्पत्ति भनेर भारतीय समाचारहरुमा आउने गरेका छन्। नेपालको एउटा टिभी प्रसारणमा श्री वेदव्यासको जन्मभूमि नेपालको तनहुँ दमौलीमा भएको र उनका पिता महर्षि परासर र वेदव्यासको गुफा अहिलेसम्म विद्यमान रहेको तथा वेदव्यासको १०८ फुट अग्लो मूर्ति निर्माण गरिने भएको खबर प्रशारण भएको थियो। उक्त प्रशारणमा वेदव्यासले १८ पुराण पनि दमौलीमा नै बसी लेखेका थिए भन्नेसमेत उल्लेख थियो।

आफ्नो देशका महान् विभूतिहरुको परिचय देश विदेशमा दिइरहनु प्रशंसनीय कुरा हो, तर अधुरा समाचारहरुले भ्रममात्र सिर्जना गर्छ। वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको हुनसक्छ, तर उहाँबाट रचित पुरानादी ग्रन्थहरु दमौलीमा बसेर लेखेका भन्ने कुनै प्रमाण प्रस्तुत भएन। महाभारत ग्रन्थमा वेदव्यासले हिमालय कैलाशतर्फ गमन गरेको यस श्लोकले पनि पुष्टि गर्छ ।

स्वस्तिस्तेस्तु गमिस्यामी कैलाश पर्वतप्रति।
अप्रयस स्थिरोदान्त प्रिथिव्याम परिपालय।।


(महाभारत सभा पर्व, कल्याण अवतार अंकबाट)

महाभारत युद्धपूर्व कौरवहरुले पाण्डवहरुलाई राज्य अंश नदिने हठ गरेका कारण उत्पन्न अवश्यम्भावी युद्धमा क्षत्रीयहरुको महाविनाश हुनसक्ने भविष्य आंकलन गरी आमा सत्यवतीसहित व्यासले कैलाश पर्वततर्फ गमन गर्नुभएको स्पष्ट छ। कैलाश गमनको सिलसिलामा उहाँ दार्चुला जिल्लाअन्तर्गतका ठाउँहरुमा बस्नुभएको प्रमाण विद्यमान छन्।

दार्चुला जिल्लामा व्यास गुफा नामक एउटा विशाल गुफा (कन्दरा) छ, जसमा बसेर वेदव्यासले भनेअनुसार गणेशजीले पुराणादि लेख्नुभएको थियो भन्ने कथा पनि छन्। प्राचीनकालमा भोजपत्रहरुमा लेख्ने गर्थे। यसैअनुरूप दार्चुलाकै विशाल भोजपत्रको जंगलबाट ठूलाठूला ताउ भोजपत्रहरु निक्लने हुनाले त्यसबाट निकालिएका भोजपत्रका ताउहरुमा गणेशजीले लेख्नुभएको थियो, हस्तकला।

स्मरणीय छ, दार्चुला कैलाश पर्वत निकटको जिल्ला हो। शिव–पार्वतीको निवास मानिएको कैलाशबाट वेदव्यासले गणेशलाई बोलाएर ल्याई ब्यास गुफामा बसी पुराण महाभारतादी ग्रन्थ लेखाएको हुनसक्छ। भगवान शिव मल्लिकार्जुनरूपले दार्चुला जिल्लाकै एउटा शिखरमा विराजमान हुनुहुन्छ र लटबाब, गलबाब नाउले गणेशजी तथा कुमार कार्तिकेयका मन्दिर पनि विद्यमान छन्।

वेदव्यासको दार्चुला जिल्लामा निवास भएको कारण त्यहाँका आदिवासी सौका समुदाय आफूलाई भगवान वेदव्यासका सन्तति अथवा शिष्यका रूपमा मान्छन् र यीमध्ये एउटा समूहलाई व्यासी पनि भन्छन्। यस क्षेत्रमा व्यासका नाउँबाट अनेक स्मृति विद्यमान छन्, जसमा व्यास हिमाल, व्यास गर्खा, व्यास गुफा, व्यास मन्दिर पर्छन्। व्यास मन्दिरमा वर्षेनी मेला लाग्छ र सौका समुदायबाट पूजाअर्चना हुनेगर्छ।

यसप्रकार वेदव्यासको जन्मभूमि र कर्मभूमि नेपाली क्षेत्रमै रहेको बुझिन्छ। महाभारत ग्रन्थका कथाहरुमा पनि माता सत्यवतीले बोलाएका वेला हस्तिनापुर जानेआउने गरेका प्रसङ्ग छन्, तर उहाँको स्थायी बसोबास भने हस्तिनापुर होइन।

तनहुँ दमौलीमा वेदव्यासको महिमा दर्शाउने स्मृति चिह्नस्वरूप उहाँको ठूलो मूर्ति स्थापित गर्नेजस्ता कुरा अत्यन्त सराहनीय छन्। तर, महाभारतको महायुद्धपछि दार्चुला जिल्लामा निवास भएको कुरा वर्णन नभएमा उहाँको इतिहास अपूर्ण रहन सक्ने हुँदा यो प्रसङ्ग कसैले पनि छोड्नु हुँदैन।

श्रीकृष्ण द्वैपायन वेदव्यासको र श्यामा (महाकाली) नदी विषयमा स्कन्द पुराणको मानस खण्डमा पनि यस प्रकार लेखिएको देखिन्छ ।

पूजइत्वा गुंरु व्यासश्यामा मूलेलयोम्वितम्।
आचार हीना दपिजना तत्रस्थान्पसन्तम।।
तेजेया व्यास सदृष्यम् भहाथि पूज्या न संसय।
यो व्रजेन नृपसाई पुण्यं व्यासाश्रमा परम्।।


अर्थः श्यामा (महाकाली) नदीको मूलमा तपस्या गर्ने गुरुव्यासको पूजा गर्नाले आचरणहीन व्यक्तिहरु पनि पवित्र हुन्छन्।

हिमालय तटे एम्मो पुण्या व्यासाश्रमो हवा।
श्यामाया संगम पुण्या विशेषेणतु वर्णते।।
श्यामाया संगमे स्नात्वा नरोहरि परम् व्रजेत।।
सरपू संयत्रे पुण्या श्यामा नाम समागना।।


अर्थः हिमालयको रमणीय तटमास्थित पुज्य व्यास आश्रमबाट उत्पन्न श्यामा (महाकाली) नदीको विशेष वर्णन गरिएको छ। श्यामामा स्नान गर्ने व्यक्ति श्री हरि पद प्राप्त गर्दछ।

स्मरणीय छ, कैलाश मानसरोवर तीर्थयात्राका लागि नेपाली क्षेत्रको प्रमुख मार्ग पनि दार्चुला नै हो।

(२०७४ कात्तिक १४ गतेको नागरिक दैनिकबाट साभार)

Thursday, July 16, 2020

इतिहासका नयाँ तर्क

पुस्तक नेपाली इतिहास मन्थन

लेखकः आत्माराम ओझा

प्रकाशक बिक्रम/मार्टिना ठकुराठी (जर्मनी)

पृष्ठ १९०+४,

मूल्य रु.१५१

८६ वर्षमा २५औं पुस्तक। त्यो पनि इतिहासको चिरफार। इतिहासकार आत्माराम ओझाको पुस्तक नेपाली इतिहास मन्थन आफैंमा पूँजी हो। यसको भूमिकामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. जयराज अवस्थीले भनेका छन्, 'विगतमा इतिहासकारहरूले दृष्टि नपुर्‍याएका तथा प्रष्ट्याउन नसकेका कुराहरूलाई तथ्य प्रमाणका आधारमा प्रष्ट्याउने प्रयास यस पुस्तकमा भएको पाइन्छ।'

इतिहासकार ओझाले यसअघि इतिहास सम्बन्धी एकदर्जन पुस्तक प्रकाशन गरिसकेको भए पनि यो पुस्तक भिन्न छ। यसमा उनले इतिहास लेखनमा भएका कमी–कमजोरीसँगै नयाँ प्रसंग पनि बाहिर ल्याएका छन्। 'नेपाली इतिहाससम्बन्धी केही भ्रम र तथ्य' शीर्षकमा नेपाल र भारतका इतिहासकारले लेखेका इतिहाससम्बन्धी विभिन्न प्रसङ्ग उजागर गरेका छन्।

कुमाउको इतिहासमा डोटीका राजा नाग मल्ल भारतको कुमाउ राज्यसँगको लडाइँमा मारिएको प्रसङ्ग, इतिहासकार डा. सूर्यमणि अधिकारीले अछाम राज्यका प्रथम राजा देवचन्द शाहको अस्तित्व स्वीकार नगरेको प्रसङ्ग, सूरतबहादुर शाहले लेखेको अछामको इतिहासमा उठाएका प्रसङ्ग तथा भारतीय इतिहासकार राहुल सांकृत्यायनको 'कुमाउ' पुस्तकमा उठाइएको रैनका देवपालको प्रसङ्गलाई गलत भएको दाबी गरेका छन्, इतिहासकार ओझाले।

पुस्तकमा इतिहासकार ओझाले महर्षि वेदव्यास बसेको दार्चुलाको व्यास क्षेत्रका बारेमा नयाँ तथ्य बाहिर ल्याएका छन् भने सम्राट चन्द्रगुप्त मौर्य मगर जातिका भएको उल्लेख गरेका छन्। सिंजा साम्राज्य, डोटी राज्य, राजा अजय पाल, ब्राह्मण कुमार विलल्ल भाष्करदेखि जगद्गुरु शंकराचार्यको शिष्य परम्परासम्मका कुरा उनले नयाँ कोणबाट लेखेका छन्।

यससँगै सुदूरपश्चिम क्षेत्र (सेती–महाकाली) को इतिहास पनि यस पुस्तकमा खोतलखातल गरिएको छ। स्वतन्त्रता प्रेमी झुली चन्द र नेपालको पहिलो शहीद बाकावीर बलदेव शाहका विषयमा पनि नयाँ कुरा बाहिर ल्याएका छन्, इतिहासकार ओझाले। विराङ्गना रानी पनेरुका बारेमा ऐतिहासिक तथ्य उजागर गरेका छन् भने इतिहासका केही प्रेम प्रसङ्गहरूलाई पनि 'नेपाली इतिहास मन्थन' मा अटाइएको छ।

यो उमेरमा ऐतिहासिक कुरा खोज, अनुसन्धान गरेर बाहिर ल्याउनु सहज होइन। यस पुस्तकमार्फत इतिहासकार ओझाले गरेको परिश्रम सम्मान गर्न लायक छ।

(१४-२७ कात्तिक २०७३ काे हिमाल खबरपत्रिकामा प्रकाशित)

Thursday, June 25, 2020

Wednesday, December 5, 2018

माया लाग्छ पहाडको

ऐँसेलु, किरमडा (चुत्रो), अम्बा, दाडिम, ओखर 
सुन्तला, चिउरी, आरू, आँप, चुक र ज्यामिर ।
नासपाती, बिमरो, स्याउ, केरा, मौसमी, काफल
कोसेली सन्ततिलाई पृथ्वीको उपहार यो ।।

जाई, जुही, चमेली, हसना र गुनकेसरी
सुगन्धराज, कोइरालो, नसाडेफूल, प्याउली ।
सेता, राता तथा नीला, हरिया, बैजनी लता
रुखका कोपिला रंगीबिरंगी देखिने छटा ।।

सल्ला, दल्ला, टुँडी, बाज, गुराँस लालिमायुक्त
देवदार, धूपी, पैयुँ, कहीँ साल र सानन ।
नेटा, उँचा, भिराला र अति उच्च हिमाञ्चल
देखिने लहरेडाँडा भरिला वन प्रान्तर ।।

सिरीसिरी बहने हावा हल्लिई रुखका टुपा
मानौँ संकेत गर्दै छन् नजा यात्री नजा नजा ।
बाटोमा हिँड्दा थाक्दा बस्छ यात्री छहारीमा
आमाले थपथप्याए झैँ सुत्छ आनन्द मग्नमा ।।

गुञ्जेको दोहोरी गीत हुँदै पाखा वनान्तर
पोख्दछन् विरही प्रेमी पिर मनको निरन्तर ।
यात्रीको मन झस्कन्छ सम्झी विगतका कुरा,
आफ्नो विवशता पोख्छन् भिजाई आँसुले धरा ।।

नदी ताल तलैयाको झरना, लेक बेँसीको
हिउँको मूलपानीको डाँडाकाँडा बराडको ।
चौतारी वृक्षको रम्य देखिने त्यो हिमालको
जननी जन्मभूमिको माया लाग्छ पहाडको ।

इति !!
(प्रकृति, समाज र इतिहासका विषयमा कलम चलाउने साहित्यकार आत्माराम ओझाका २५ पुस्तक प्रकाशित छन् । १८ मंसिर, १९८७ मा बैतडीको दशरथचन्द नगरपालिकास्थित बमराडमा जन्मिएका ओझाको १५ पुस, २०७३ मा निधन भएको थियो ।)

(काठमाण्डौको नया पत्रिका दैनिकमा २०७५  मंगसिर १८ गते प्रकाशित)

Wednesday, December 28, 2016

राष्ट्र भाषा मातृभाषा

नेपाल एकिकरण भन्दा पहिले बाइसे-चौबिसे आदि राज्यहरुमा हिन्दु, बौद्ध धर्मालम्बी थिए प्रत्येक राज्यमा आफ्नै किसिमको कानुनी व्यवस्था, संस्कृति रहि आएको थियो एकिकरण पश्चात नेपाल स्थिर राज्यको रुपमा प्रतिष्ठित भयो त्यसपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एउटै किसिमको राष्ट्र भाषा प्रशासनको अनुभव गरी श्री पृथ्वीनारायण शाह वहाँका उत्तराधिकारीहरुद्वारा सम्पूर्ण अधिराज्यलाई पौराणिक नेपाल नाउ दिए

नेपालका बहुसंख्यक जनताद्वारा बोलिने नेपाली भाषालाई नै सरकारी कामकाजको भाषा बनाइयो राष्ट्र भाषाको रुपमा स्थापित गरिएको भारतवर्षमा व्यापक देवनागरी लिपीलाई नै सरकारी लिपी बनाइयो   त्यसैलाई व्यवहारमा ल्याउदा नेपाल भित्र बोलिने एक सय भन्दा बढी भाषाहरु मध्ये पनि आज नेपाली भाषा जनको बोलिने बुझ्ने भाषा बनेको

अंग्रेजी शासनपछि स्वतन्त्रता कारण भारतले त्रिमाणा फर्मुला अपनाएर प्रत्येक राज्यको आफ्नो भाषा राष्ट्र भाषा हिन्दी सरकारी लेखपढको भाषा अंग्रेजीबाट काम चलाउनु परेको थियो तर नेपालमा व्यवहारमा स्थानीय भाषा सरकारी कामकाजमा नेपाली भाषाको आवश्यकता पर्ने भएपनि राष्ट्र भाषा नेपालीबाट मात्रै पनि काम चल्ने स्थिति रह्यो त्यसकारण नेपालमा बोलिने भाषाहरुमा भोटे, नेवारी, थकाली, राइ, लिम्बु आदि समुदायको भाषालाई चाइनिज, तिब्बती अर्थात हिमाली भाषाको नाम दिइएको बहुसंख्यक नागरिकहरुको बोल्ने भाषाहरु भोजपुरी, मैथिली, अवधी, डोटेली, थारु, जुमसी आदि भाषाहरुलाई भारोपेली भाषा अन्तर्गत राखिएको यो भाषा बहुसंख्यक जनताहरुबाट बोलिने भाषा भएकाले पनि यसको विस्तार हुन सक्छ त्यसमा पनि नेपाली विद्धानहरुले राष्ट्र भाषा नेपालीमा उत्कृष्ट रचनाहरु, पत्रपत्रिका, पुस्तकहरु प्रकाशन गरि दिएकाले नेपाली भाषा आज राष्ट्र भाषा मात्र नभै आम जनताको प्रिय भाषा बनिसकेको

एक समय हिन्दी भाषालाई पक्की भाषा नेपाली भाषालाई कच्ची भाषा भन्ने चलन पनि थियो तर वर्तमान नेपाली भाषा पनि हिन्दी भाषा भन्दा साहित्य रचनाहरु समेतमा कम छैन यसकारण अब कच्ची पक्की भन्ने द्विविधात्मक संज्ञा रहेन तैपनि भाषा नविकरणको नाममा केही व्यक्तिहरुले भाषालाई बिगार्ने दुष्प्रयास पनि गर्न छोडेका छैनन् सायद यस्तै गरी भाषा बिग्रन लागेको तर्फ नेपालका विशेषज्ञहरुको विरोधमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट छापिएका शब्दकोषलाई फिर्ता लिनु परेको

माथी उल्लेखित भारोपेली भाषाकी जननी संस्कृत भाषा रहेको संस्कृतका आदि विद्वानहरुले संस्कृत भाषाको सिद्धान्त मार्गदर्शन गरिसकेका छन् अब केही व्यक्तिहरु आफ्नो विद्धता दर्शाउन अवैज्ञानिक रुपले प्रचलित नियम भंग गरी आफ्नो विचार लाद्न चाहन्छन् जसले उन्नतिको ठाउँमा भाषाको अवसान गराउछ

नेपालमा प्रचलित अरु भाषाहरुको कुरा छोडौं केवल आफ्नो स्थानीय भाषा डोटेली भाषा परिवारको कुरा गरौं सुदूरपश्चिममा बोलिने भाषाहरुमा-यो, -योजस्ता केही सामान्य विभेद भए पनि सबै भाषाहरु भारोपेली भाषा अन्तराात हुनाले परम्परागत सम्बाद गर्दा आफ्नो भाषामा कुरा गरे पनि दुबै थरीले बुझ्न सक्छन् लिपी सबैको देवनागरी नै हो

हालका दिनहरुमा भाषाप्रेमीहरुले यस डोटेली भाषा परिवारका भाषाहरुमा पनि विभिन्न उत्कृष्ट पुस्तकहरु लेखी प्रकाशित भइ सकेका छन् शब्दकोषसमेत प्रकाशित भइसकेको केही पत्रपत्रिकाहरु पनि प्रकाशित छन् तर भाषा लेखनको स्थिरता हुन नपाउँदै एउटा प्रतिष्ठित डोटेली भाषाका मासिक पत्रिकाले केही व्यक्तिहरुका लहलहैमा स्थानीय भाषालाई अंग्रेजीको रोमन जस्तै शैलीमा लेख्ने पढ्ने कथित प्रयास भइरहेको यसबाट भाषालाई केही अवरोध आएपनि यो खेलवाड विद्धान सम्पादक महोदयको लागि उपहास हुन सक्ने कुरा बुझी मान्यता विपरीत भाषा बिगार्ने काम नहोस भन्ने आसय

अन्तमा देवोक्ती , ‘मातृभाषा, मातृसंस्कृति  मातृभूमि, यी तीन देवीहरु कल्याणकारी हुन

इति !!

Tuesday, August 16, 2016

सुदूरपश्चिम क्षेत्र अब र तब

यो सुदूरपश्चिम क्षेत्र वि.स. १८४७ र १८४९ मा नेपाल अधिराज्यमा गाभिएपछि सुदुर पश्चिमाञ्चल विकाश क्षेत्र सम्बोधित भइ हाल नयाँ संविधान अनुसार सातौं प्रदेशमा गणना गरिन पुगेको छ । यो क्षेत्र सृष्टिकालदेखि नै भारत वर्ष आर्यावर्त रहेको स्कन्दपुराण मानसखण्डको यस श्लोकले पनि दर्शाउछः–

नन्द पर्वत भारभ्य यावत काकगीरी स्मृत ।
तावद्धे मानस खण्डे ख्यायते नृप सत्तम ।।

उक्त मानसखण्ड पुस्तक अनुसार नन्द पर्वत हालको उत्तराञ्चल राज्यमा रहेको र काकगीरी कर्णाली नदी क्षेत्रमा रहेको भनिएको छ । यसका साथै यो क्षेत्र प्राचीन कालमा उत्तरकुरु नामले पनि एक समय प्रख्यात रहेको थियो । पाँचौ शताब्दीका भारतका गुप्त शासकहरु  मध्ये सम्राट कुमार गुप्तको मन्दसौर नामक स्थानमा रहेको यस सिलालेख अनुसार यो क्षेत्र गुप्त साम्राज्य भित्र पनि रहेको देखिन्छ ।

चतुसमुद्रान्त विलोलमेखला, सुमेरु कैलाश बृहत पयोधरा ।
वनान्तवान्त स्फुट पुष्प हासिनी, कुमार गुप्ते पृथीवी प्रशासित ।।

कालान्तरमा गण्डकी नदीसम्मको क्षेत्र कत्युरी साम्राज्य अन्तरगत पर्दथ्यो  र नागराजले जुम्ला सिंजामा राजधानी स्थापित गरेपछि यो सुप क्षेत्रसमेत कुमाउ रगढवाल राज्यहरुसहित जुम्ली खस चल्ल मल्ल साम्राज्य अन्तरगत रहेपनि यो सुप क्षेत्र विधर्मी र विदेशीहरुको अधिन कहिले रहेन । 

हिंसा र कुटनीति

अहिलेको विश्व प्रायः हिंसावादी छैन र जो हिंसावादी छन् ती असफल भई रहेका छन् । यसको प्रमाण वर्तमान विश्वमा कतै पनि हिंसाद्धारा सत्ता प्राप्तीका घटनाहरु भएको देखिदैन । हालैको टर्कीको सैनिक विद्रोह जसमा सेनाको एउटा ठुलो मासले निर्वाचित सरकार विरुद्ध विद्रोह गरको थियो तर जनताको ठुलो वर्गले यस विद्रोहलाई असफल गरिदिएको  ताजा उदाहरण हो । 

यस घटनामा हजारौं विद्रोही सैनिकहरु बन्दी बनाईएका छन् भन्ने समाचारहरु छन् । भारतमा अंग्रेजहरुका आगमनको पूर्व भारतमा बलियो केन्द्रिय शासन व्यवस्था नभएको र अनेकौं स्वतन्त्र राष्ट्रहरु अस्तित्वमा रहेको बेला अनेकौं संगठित मुस्लिम आक्रमणकारीहरुले अरबसहितका देशहरुबाट आइ भारतलाई निजी शासन चलाए । तत्पश्चात आएका अंग्रेजहरुले आफ्नो सैनिक शक्ति एवं कुटनीतिहरु दुबै थरीको प्रयोगद्धारा भारतमा शासन गर्न सफल भएका र सन् १८५९ को सैनिक विद्रोहमा पनि आफ्नो कुटनीतिद्वारा आफ्ना पुराना शत्रु नेपाल र पञ्जाबलाई आफ्नो मित्र बनाई दुबै राज्यबाट सैनिक मद्दत लिई विजय सुनिश्चित गरेको थियो । त्यसपछि सैनिक शक्तिद्धारा भारतलाई स्वतन्त्र गराउन खोज्ने नेताजी शुवाष चन्द्र वोश आदि असफल भए तर अहिंसा आन्दोलनका प्रणेता महात्मा मोहनचन्द्र करमचन्द गाँन्धी आफ्नो सत्याग्रह आदि अहिंसक आन्दोलनद्धारा भारतलाई स्वतन्त्र गर्न सफल भएका थिए ।

Saturday, August 6, 2016

शहरी क्षेत्रमा करेशाबारी

सर्वप्रथम महेन्द्रनगरको कै कुरा गरौं । केही वर्ष पूर्व महेन्द्रनगरका निवासीहरुलाई जिल्ला कृर्षि विकास कार्यालयबाट स्थानीय बासिन्दाहरुलाई करेशाबारीहरुको लागि तरकारीको बिउ सित्तैमा प्रदान गरिन्थ्यो र यसबाट घर–घरमा तरकारीको उत्पादन बढेको थियो । तर केही वर्षयता यो प्रचलन बन्द गरिएकाले करेशाबारी हुनेहरु पनि प्रायः विउ विजन खरिद गरी तरकारी लगाउने शायद जाँगर नभएकोले हुन सक्छ, त्यस बेला जस्तो शहरी क्षेत्रका करेशाबारीहरुमा तरकारीको उत्पादन भैरहेको देखिएन ।

हालै महेन्द्रनगर निवासी एकजना कृषि अधिकृत श्री देवदत्त कलौनीजीले बोतलहरु समेतमा बोडी, चिचिण्डा आदि लगाई तरकारी लगाउने अभियान सुरु गरेको देखिएकोले यस प्रविधीले ठाउँ कम भएका क्षेत्रमा  पनि त्यँहाका निवासीहरुले तरकारी उत्पादन गर्न सक्ने हौसला प्रदान गरेको छ । वहाँले एउटै दिनमा ४१ वटा चिचिण्डा टिपेर तरकारी बजारमा पठाउनु भएको थियो । 

हालका दिनहरुमा तरकारीको भाउ अत्यन्तै बढेको देखिन्छ । सायद हाम्रो जीवनमा सबै भन्दा बढी महङ्गो देखिएको छ । हुन त सबै थोकमा महङ्गाइ  वृद्धी भएको छ तर जीवनोपयोगी आधारभुत आवश्यकताहरुमा बढेको महङ्गाइले गर्दा सर्वसाधारणको पहुँच नहुनु राम्रो कुरा होईन । हाम्रो नेपालको हिमाली क्षेत्रमा सिजन अनुसार अन्न, तरकारीहरु उत्पादन हुने भएपनि पहाडी र तराई क्षेत्रमा समयानुसार मनग्य तरकारीहरु उत्पादन हुन सक्छ । पहाडी क्षेत्रमा सबै किसिमका तरकारीहरुको उत्पादन हुने गर्दछ । त्यस मध्ये उसकुस तरकारीको विरुवा एकवर्ष लगाए पनि हिफाजत भयो भने २-३ वर्ष पछि फल दिने हुन्छ । अचेल बेमौसमी तरकारीको उत्पादन गर्न सकेमा पनि कृषकले मनग्य आम्दानी गर्न सक्छन् ।

Monday, July 25, 2016

धर्म के हो ?

संसारमा अनेकौं धर्महरु प्रचलित रहेका छन् र सबै धर्महरुका आ–आफ्ना किसिमका रितीरिवाजहरु कायम छन्। ऋग्वेदमा लेखिएको छ “एक सद् विप्रा वहुधा वदन्ति” अर्थात एउटै ईश्वरलाई विद्धानहरु अनेक नामले सम्बोधन गर्दछन्। तर अनेक नामले सम्बोधन मात्र होईन आराधनाको परिपाटी भिन्न–भिन्न रहेकोले एउटा फिल्मी गीतकारले लेखेका छन्ः–
“ए पाप है क्या, ए पुण्य है क्या 
रितों पर धर्म कि मुहर है !”
अर्थात रिती (चलन)हरुलाई धार्मिक स्वीकृति हुनु नै पाप पुण्यको परिभाषा बन्न पुगेको छ । यसै चलन रीतका कारण कुनै धर्ममा धर्म भनिए पनि अर्को धर्ममा त्यो विषय पाप पनि हुन सक्छ । तर सृष्टिकालदेखि प्रचलित हिन्दु धर्मका व्यवस्थापक महर्षि व्यासको कथन छ:–
“अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम् ।।”
अर्थात अठार पुराणका रचयिता श्री व्यासको कथन छ, ‘परोपकार नैं पुण्य हो र परपीडन नै पाप हो ।’

Monday, July 18, 2016

तेस्रा महारथी विरुद्ध मोर्चा

वर्तमान नेपाली राजनीति क्षेत्रमा तीन जना महारथीहरु देखा परेका छन् । ति हुन् , १) प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, २) माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र ३) वर्तमान काँग्रेस सभापति शेरबहादुर देउवा । सत्तावाला कुर्सीको मोह यस्तो हुनेरहेछ की एक समयका प्रबल विरोधी देउवा र प्रचण्डले सत्ता साझेदारीको लागि गठबन्धन बनाइ प्रधानमन्त्री ओलीलाई पदच्यूत गरि आफूहरु सत्तासीन हुने प्रयत्नमा लागिरहनु भएको छ । तर कतिपय विश्लेषकहरु भन्दछन, ओली सरकारले असहाय बृद्ध भत्ता बढाएको र कर्मचारीहरुको तलब बृद्धि सहित राम्रो बजेट प्रस्तुत गरेकोले वहाँको लोकप्रियतामा हुन लागेको बृद्धिले डराएर नेका र माओवादीहरुले गठबन्धन बनाएको हो । 

आम जनतालाई भने श्री तुलसीकृत रामायणको यो चौपाई जस्तै ‘कोउ नृप हो हि हमे का हानी, चोरी छाडी अब होइ की रानी ।’ अर्थात कुनै शासक भए पनि आम जनतालाई केही फरक पर्ने छैन । किनकी उपरोक्त तीनवटै महारथीहरुको शासनकाल नेपाली जनताले भोगिसकेका छन् । तर यस गठबन्धनमा दुई वटा राजनीतिक शक्ति नेपाली काँग्रेस र माओवादी केन्द्र मध्ये यस गठनबन्धले कसलाई फाइदा हुनसक्छ भने आम जनतामा जुन अड्कल चलिरहेको छ यस सम्बन्धमा धेरैको मत छ कि हुन त दुबै महारथी पुष्पकमल दाहाल 'प्रचण्ड' र शेरबहादुर देउवा, दुबै नेताहरु महाधुरन्धर राजनीतिक खेलाडी हुनुहुन्छ । तैपनि प्रचण्डले गृहयुद्ध छोडी बहुदलीय संसदीय व्यवस्था स्वीकार गरे देखि नै आफ्नो प्रभाव कायम राखी आउनु भएको छ । वहाँको चतुरताको अगाडी वहाँका कुनै साथीहरुको पनि केही चलेन । उदाहरणार्थ वहाँ सशस्त्र द्वन्द्वकालदेखि अहिलेसम्म माओवादी अध्यक्ष पदमा पदासिन हुनुहुन्छ । जोरी खोज्नेहरु बाहिरिएर शक्ति संचयको खोजमा हिडिरहेका छन् । सशस्त्र युद्धबाट संसदीय व्यवस्थामा ससम्मान जानु सानो कुरा होइन । त्यति मात्र नभइ सशस्त्र द्वन्द्वमा अकारण हजारौं नेपालीहरुको अकाल मृत्यु भए पनि वहाँले प्रथम संविधानसभा चुनावमा अरु दल भन्दा आफ्नो दललाई बढी सिट दिलाई सरकार बनाउन समेत सफल हुनु भयो । तर सरकारी सेनापति हात हाल्ने जल्दबाजीले मात्र बहाँले सरकारबाट हट्नु परे जस्तो लाग्दछ । र दोस्रो आम चुनावमा एमाले पार्टीले सरकार बनाए पनि आफ्नो प्रभाव कायम राख्दै आफ्ना दलका सदस्यहरुलाई उपराष्ट्रपति तथा सभामुखमा स्थापित गर्न सफल हुनु भयो । मन्त्रीमण्डलमा महत्वपूर्ण मन्त्रीहरु आफ्ना दलका सदस्यहरुलाई उपप्रधानमन्त्री सहित धेरै मन्त्रीहरु बनाउन पनि सफल हुनु भयो ।

Wednesday, July 13, 2016

भानु जयन्ति र सामयीक साहित्य सृजना

पाश्चात्य साहित्य र अन्य भाषाका साहित्यको कुरा होईन, सँस्कृत साहित्यमा पनि आदिकवि वाल्मीकी ऋषी तथा महर्षी द्धैपायन वेदव्यास एवं आफ्ना समयका महाकवी कालीदास, माघ, भारवी, भवभुति आदि पनि प्रख्यात स्रष्टाहरु हुन । तर भारतमा सँस्कृत भाषाको स्थान हिन्दीले लिएर व्यापक भई सकेपछि महाकवि सन्त तुलसी दास जुन सँस्कृतका पनि धुरन्धर विद्धान थिए । जस्तो की तुलसीकृत रामायणमा लेखिएका उनका सँस्कृत रचनाहरु सँस्कृत साहित्यका अनुपम रचनाहरु छन् । यस्ता सँस्कृतका विद्धानले हिन्दीको व्यापकता बुझेर सँस्कृतमा नलेखी सर्वसाधारणले बुझ्ने गरि हिन्दी (अवधी) भाषामा रामायणको रचना गरेर भने ‘स्वान्त सुखाय तुलसी रघुनाथ गाथा भाषा निवन्ध मति मंजुलमा तनोती’ यस प्रकार उनले सँस्कृत नलेखी सामयिक हिन्दी भाषामा लेखी श्री राम कथालाई विशाल ग्रन्थको रुपमा प्रस्तुत गरी व्यापक तुल्याए ।

हिन्दी भाषाका प्रसिद्ध साहित्यकारहरु धेरै छन् । जसमा आफुले जानेबुझे अनुसार अयोध्या सिंह उपाध्याय ‘हरि औध’को प्रीय प्रवाश नामक रचना ग्रन्थ अनुपम रहेको छ । यसै प्रकार अज्ञेयको ‘शेखर एक जीवनी’ नामक रचनाका पंक्तिहरुको अर्थ दुई पल्ट पढ्नुपर्ने हुन्छ । अन्य प्रख्यात कवि साहित्यकारहरुमा सुमत्रिानन्दन पन्त, महादेवी वर्मा, जयशंकर प्रसाद, भगवती चरण वर्मा, मुन्सी प्रेम चन्द, रामचरी सिंह दिवाकर , निराला आदि पनि कालजयी साहित्यका रचनकार हुन् । तर सन्त तुलसी दासको तुलसी रामायण जस्तो विशाल ग्रन्थ अरु कसैको देखिएन ।

Thursday, July 7, 2016

सुदूरपश्चिममा साहित्य, संगीत र कला

नितिशास्त्रमा लेखिएको छ :–

साहित्य संगीत कला बिहीन
साक्षात पशु पुच्छ विषाण हिन ।।

अर्थात साहित्य, संगीत र कलाबिहीन मनुष्य पुच्छर र सिङ्ग नभएको पशु तुल्य हो । तर सुपमा कला भारत वर्षको कुनै क्षेत्र भन्दा पछाडी थिएन भन्ने कुरा तात्कालिन मुर्ती, शिलालेख तथा चित्रकारीताहरुबाट देख्न सकिन्छ । कला सर्वाधिक प्राचीन अवशेषहरुमा ‘पश्चिम नेपालको मूर्ती तथा वास्तुकला’ नामक श्री डिल्लीराज शर्माद्वारा लिखित एवं नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा हेर्न पाईन्छ र बैतडी देवल हाटका शिव मन्दिरहरुका भित्री भागहरुमा निर्मित चित्रहरु भारतका प्रसिद्ध अजन्ता एलोराका चित्रहरु भन्दा कम छैनन् भन्नु अत्युक्ति नहोला ।

यसै प्रकार साहित्यको कुरा गर्दा सुपमा लोक साहित्य जुन श्रुती परम्परामा आधारित थियो । आधुनिक साहित्यको प्रचारप्रसार भन्दा पहिले लोक नृत्य, लोकगीत र जन्मोत्सव व्रतवन्ध विवाह आदि समारोहहरुमा गाईने फाग आदिको दरवेडी तथा गौरा आदि पर्वोत्सवहरुमा गाईने ढव (लय) सुने पछि  कसको मन प्रसन्न मोहित नहोला ? तर छुटफुट र लोकगीतहरुको लिपीवद्ध प्रकाशन गरिए पनि एक जना दिवगंत डा.जयराज पन्तजीले एउटा क्षेत्रको लोकगीत संग्रह लिपीवद्ध प्रकाशन गर्नु भएको बाहेक बाँकी सुपको लोक गीतहरुको सम्पूर्ण लिपीवद्ध र प्रकाशन हुन सकेको देखिएन ।

Tuesday, March 22, 2016

होरी वा होली?

आफ्ना दाजु दानवराज हिरण्याक्षको वध गर्ने-भगवान विष्णुको गुणगान गर्ने छोरा प्रह्लादलाई मार्न दानवराज हिरण्य कश्यपले आदेश दिए । प्रह्लादलाई काखमा राखी अग्नि कुण्डमा प्रवेश गर्न अग्निदाह नहुने वरदान पाएकी बहिनी होलिकालाई दानवराज हिरण्य कश्यपले आज्ञा दिए । तदनुसार होलिकाले प्रह्लादलाई काखमा लिएर अग्नि कुण्डमा प्रवेश गर्दा होलिका स्वयम् जलेर भष्म भइन तर भक्त प्रह्लादलाई भने केही भएन । उनी सकुशल रहे ।

Monday, March 7, 2016

श्री शिवरात्री पर्व विशेष: कैलाश बासी भगवान शिव

माता च पार्वती देवी पितादेवो महेश्वर ।
वान्धवा शिवभक्ता च स्वदेशं भुवनत्रयम् ।।

हाम्रा अरु पौराणिक देवी देवताहरुको निवासस्थान अनय लोकहरुमा भएपनि भगवान शिव तथा माता पार्वतीको निवास नगाधिराज हिमालयको कैलाश पर्वतमा रहेको वर्णन छ । र यो कैलाश पर्वत नेपाल राष्ट्रको निकटवर्ती क्षेत्र हुँदा नेपाल अझ सौभाग्यशाली बन्न पुगेको छ । कैलाश पर्वतलाई भगवान शिव र माता पार्वतीको निवास भएको हुनाले होला, ‘न कैलाश समो गिरी’ भनेर यस पर्वतको महिमा वर्णन गरिएको छ । कैलाश निकटवर्ति नेपाली क्षेत्रमा भगवान शिव र शक्ति स्वरुपा पार्वती देवी तथा शिवगणहरुका मन्दिर, गिरी गुफाहरु बिभिन्न स्थानहरुमा विद्यमान रहेका छन् । यी मन्दिरहरुमा श्री पशुपति, केदारनाथ, जगन्नाथ, बैद्यनाथ, बैजनाथ, मल्लिकार्जुन आदि नामहरुबाट पूजित रहेका छन् र देवी पार्वतीका पनि निङ्गलासैनी, रण्यासैनी आदि सात सैनी देवीहरु र देवी दुर्गा, शैलेश्वरी, गुहेश्वरी आदि नामहरुबाट ठाउँ ठाउँमा पूजापाठ भइरहेको देखिन्छ । 

यस पावन महाशिवरात्रीको सुअवसरमा भगवान शिवमा सादर बन्दना गर्दै केही रचनाहरु प्रस्तुत गरिन्छ । ऊँ नमः शिवाय ।

Wednesday, March 2, 2016

गोदावरी मेला र गोदावरी पत्रिका

यसवर्ष गत माघदेखि कैलालीको गोदावरी क्षेत्रमा प्रसिद्ध साहित्यकार श्री पदमराज जोशीजीको संयोजकत्वमा केही श्रद्धालु, प्रगतिशील धार्मिक व्यक्तित्व्हरुको लगन र परिश्रमले यस सुप विकास क्षेत्रकै अद्वितीय गोदावरी कुम्भ नामक मेलाले अपार सफलता प्राप्त गरेको देखिन्छ । यस मेलामा लाखौं श्रद्धालु अथाव दर्शनार्थीको सहभागिताको अतिरिक्त राष्ट्राध्यक्ष श्रीमती विद्यादेवी भण्डारीले यस कुम्भ मेलाको उद्घाटन गर्नु पनि ऐतिहासिक महत्व रहेकोछ । साथै अनेक गण्यमान्य र समाजका प्रतिष्ठित तथा साधु सन्याषी महात्माहरु सहितको आगमनबाट यो प्रथम धार्मिक आयोजनाले अत्यन्त लोकप्रियता प्राप्त गरेको देखिन्छ । र यसबाट सुप क्षेत्रको महत्व बढेको छ । यस कुम्भ मेलाको पौराणिक आधार जसमा सातवटा गोदावरी नदीहरुको वर्णनले पनि मानिसहरुमा श्रद्धा बढाएको छ । र यस क्षेत्रमा भगवान श्रीकृष्णको चरण पादुका रहेको चिन्ह आदि धार्मिक अवशेषहरु पनि यस कुम्भ मेलाका सम्वाहकहरु हुन । 

Monday, February 29, 2016

नेपाली राजनीतिमा व्यक्तिवाद

नेपालमा सशस्त्र माओवादीहरुको उत्थान र पतनको क्रममा जन-आन्दोलनले नेपालको जनजीवनमा भयङ्कर मोड ल्याउदा लगभग १७ हजार नेपाली जनताको अकाल मृत्यु हुन पुग्यो । तैपनि यो सशस्त्र विद्रोही आन्दोलन सफल हुन सकेन र यस आन्दोलनको प्रमुख गुट जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भएको थियो, संसदीय पद्धतिको अनुशरण गर्नु भएपछि आफू र पार्टी नेपाली राजनीतिमा स्थापित भए । यस माओवादी पार्टीबाट टुक्रिएको बैद्य गुट एवं विप्लव गुटहरु पृथक पथबाट आफ्नो अस्तित्व देखाउदैछन् र हाल यस मुख्य माओवादी पार्टीबाट डा.बाबुराम भट्टराई पनि अलग भइ शक्ति सञ्चयमा लाग्नु भएको देखिन्छ । 

Monday, February 8, 2016

खुलेको नाकाबन्दी र अबको बाटो

नेपालको नयाँ संविधान जारीगरिएको समय / महिनादेखि अघोषित बन्द रहेका नेपालभारत सीमाका नाकाहरु क्रमशः सबै खुला भएको समाचार आएका छन् अन्तिम नाका वीरगञ्जमा स्थानीय दुबै देशका सीमाका व्यापारी तथा नागरिकहरुले साधारण बल प्रयोग रि विरोधी मधेशवादी आन्दोलनकारीहरुको पञ्जाबाट वीरगञ्ज भन्सार नाका गत शुक्रबारदेखि मुक्त गरिएको समाचार रहेको यस प्रकार सबै नाकाहरु मुक्त भएकाले नेपाली जनतालाई नाकाबन्दीको समस्याले सताउने छैन भन्ने लागेको तथापी मधेसवादी केही नेताहरु अब विरोधको स्वर बदली राजधानी केन्द्रित विरोध प्रदर्शन गर्ने भन्ने वक्तव्यहरु दिइरहेका छन् जुनहरुवा गोरुको छेरुवा दाउभन्ने उखान जस्तै

Friday, January 22, 2016

नेपालको सवाल

पुर्वस्या कौशिकी पुण्या सर्वपाप विनासिनी 
गंगा त्रिसूल गंगारव्या प्रतीया दिशिसांस्थिता ।।
दक्षिणास्या दिशिनदी पवित्रा शीतलोदका 
एतनमध्ये महापुण्य नेपाल क्षेत्र भीरितम् ।।
(हिमवतखण्ड)

अर्थातः नेपालको  पूर्वमा कौशिकी नदी, पश्चिममा त्रिसूली नदी तथा उत्तरमा शिवपुरी दक्षिणमा चिसापानी खोला रहेको मानिएको यस प्रकार सानो क्षेत्रमा सिमित नेपाललाई गोर्खाका राजा श्री पृथ्वीनारायण शाहले तत्कालीन  छिन्नभिन्न रुपमा स्वतन्त्र अस्तित्व बनाइ रहेका वाइसे चौविसे तराई क्षेत्रका राज्यहरु समेत वहाँका सुयोग्य उत्तराधिकारीहरुले कुमाऊँ, गढवाल राज्यहरु समेत विजय गरी यस विजित क्षेत्रलाई पौराणिक नेपाल नाउ दिए । 
उनले वैदिक सनातन संस्कृति अनुरुप देवनागरी लिपि भाषा समेत प्रदान गरी खडा गरेको हिन्दुराष्ट्र नेपालको राजसंस्थाको वहिर्गमन पश्चात संसारमा प्रचलित अनेक राजनीतिकवादहरुको प्रयोगस्थल बनेको नेतातन्त्रको यस लोकतन्त्र वा गणतन्त्र नामक शासन व्यवस्थामा माओवादी  द्वन्द्व सहित अनकौ अराजकता दैवि प्रकोप भूकम्पसहितको मारले सम्पूर्ण राष्ट्र जर्जर, पीडित भइरहेको अवस्थामा मित्रराष्ट्र भारतबाट अघोषित नाकाबन्दीको कष्टप्रद नीतिले गर्दा नेपाली जनजीवनमा कहिले नपाएको दुःख, पीडा, कष्ट सहनु परेको  
नेपाल राष्ट्रको दुर्भाग्यले नेपाल निर्माता श्री ५  पृथ्वी नारायण शाहको वंशमा पछिल्ला पिढिहरुमा निर्बल शासकहरुको शासन हुँदा आफ्नै भारदार मध्ये एकथरीले राणा नामधारण गरि १०४ वर्षसम्म नेपालको एकछत्र जहानिया स्वच्छन्द शासन गरेपनि राणा शासनले नेपालको राष्ट्रवाद कायम राख्नमा कुनै कसर राखेनन् तर त्यस समयमा संसारमा जुन वैज्ञानिक प्रगति भइरहेको थियो, राणा शासनमा त्यसबाट नेपाली जनताले प्रगति गर्न सकेनन्   देशका केही प्रगतिशिल युवाहरुमा यस शासनविरुद्ध जागृत भएको विरोध अभियानमा टंकप्रसाद आचार्य सहित धेरै जनाले जेलनेल प्रवासको दण्ड भोग्नु परेको प्रमुख विरोधी मानिएका दशरथ चन्दगंगालाल श्रेष्ठधर्मभक्त माथेमा  शुक्रराज शास्त्रीले शहादत दिनु परेको थियो यसै बलिदानको कारण वि.सं. २००७ सालमा नेपाली काग्रेसको नेतृत्वमा राणाशासन विरुद्धको सशस्त्र क्रान्तीमा एकतंत्री राणाशासन विस्थापित भइ प्रजातन्त्रको पद्धति अनुरुप श्री  को नेतृत्वमा नेपालको शासन व्यवस्था कायम गरियो 

वि.सं२०१५ सालमा पहिलो पटक नेपालमा आम चुनाव भइ नेपाली काँग्रेसले बहुमत प्राप्त गरि शासनाकृढ भएकोमा श्री महेन्द्रबाट निर्वाचित काँग्रेसी सरकारलाई बर्खास्त गरि पंचायती व्यवस्था लागु गरिएपछि नेपालमा अराजकताको विजारोपण भइसकेको थियो  त्यसबेला पनि मधेशवादी नाराहरु  उठेको होइनन् तर ति सबैको सरकारले ति विरोधी स्वरहरुलाई सुल्झाउने प्रयोग सफल भइ विरोधी स्वरहरु शान्त पारिएको थियो तत्पश्चात २०५९  सालमा भएको दरवार हत्याकाण्ड जसमा श्री वीरेन्द्र शाहको परिवारनै यस हत्याकाण्डको भेटी चढ्यो  श्री  ज्ञानेन्द्रको उदय भयो 
वहाँको पालामा प्रधानमन्त्री पदका लागि दरखास्त हाल्नेजस्ता प्रजातान्त्रिक व्यवस्थाको अवमूल्यनको काम भएकोले एकथरी असन्तुष्ट राजनीतिज्ञहरु देशमा उथलपुथल मच्चाउने किसिमको माओवादी विद्रोहले  गर्दा १० वर्गादेखि अशान्त  भयङ्कर अराजकताको भुमरीमा फसेको  माओवादी सहितका पाटीले अलगाववादी नारा जस्तै जातीय पहिचान, जातीयराज्य, प्रान्तीय राज्य  सबै भन्दा ठूलो संघीय व्यवस्थाको शुत्रपातले गर्दा नेपालका १२५ जाती १२३ भाषाभाषीहरुमा आफ्नै जाती वा समूहले देशको शासन गर्ने दुराकाँक्षा जागृत भइ यो एकताबद्ध नेपाल राष्ट्र अलगाववादको भुमरीमा फैसेको   सबै भन्दाबढी समस्या वर्तमान मधेशी अधिकारवादीहरुको आन्दोलनले गर्दा देश दयनीय हालतमा पुगेकोछ  

जुन देशमा नागरिकहरु आफ्नो राष्ट्रवाद बिर्सि अरुको तालमा नृत्य गर्न लाग्दछन, त्यसको  भविष्य के होला वर्तमान भाजपाको भारत सरकार नेपाल राष्ट्रको लागि अत्यन्त शुभचिन्तक होला भन्ने जुन नेपाली जनताको धारणा थियो यसको विपरित वर्तमान भारत सरकारले अघोषित नाकाबन्दीको नीति अपनाएकोले हरेक कुरामा भारतमा निर्भर परावलम्वी नेपाल राष्ट्र वर्तमानमा भोजनऔषधीइन्धन आदि जीवनोपयोगी अतिआवश्यक कुराहरुबाट बञ्चित रहनु परकोेले जर्जर  पीडित बन्न पुगेको   भारत सरकारलाई समस्त नेपाली जनताको चिन्ता छैन तर केही मधेशवादी नेताहरुको मात्र समर्थन गरि एउटा आफ्नो सहृदयी राष्ट्र नेपाललाई दुःखित पारिरहेको   अब चाँडै पूर्ववत व्यवस्था नगरिदिएमा नेपाल राष्ट्रको कुन गति हुन्छ भन्न नसकिने अवस्था आएको   यस कारण ‘राजा आऊ देश बचाउ हिन्दुराष्ट्र कायम गर जस्ता उद्घोष जनताबाट भइरहेका देखिन्छन 

(२०७२ मंसिर २२ गते सुदुर पश्चिमबाट निस्किने पश्चिम नेपाल दैनिकमा प्रकाशित)