Monday, February 29, 2016

नेपाली राजनीतिमा व्यक्तिवाद

नेपालमा सशस्त्र माओवादीहरुको उत्थान र पतनको क्रममा जन-आन्दोलनले नेपालको जनजीवनमा भयङ्कर मोड ल्याउदा लगभग १७ हजार नेपाली जनताको अकाल मृत्यु हुन पुग्यो । तैपनि यो सशस्त्र विद्रोही आन्दोलन सफल हुन सकेन र यस आन्दोलनको प्रमुख गुट जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भएको थियो, संसदीय पद्धतिको अनुशरण गर्नु भएपछि आफू र पार्टी नेपाली राजनीतिमा स्थापित भए । यस माओवादी पार्टीबाट टुक्रिएको बैद्य गुट एवं विप्लव गुटहरु पृथक पथबाट आफ्नो अस्तित्व देखाउदैछन् र हाल यस मुख्य माओवादी पार्टीबाट डा.बाबुराम भट्टराई पनि अलग भइ शक्ति सञ्चयमा लाग्नु भएको देखिन्छ । 

Monday, February 8, 2016

खुलेको नाकाबन्दी र अबको बाटो

नेपालको नयाँ संविधान जारीगरिएको समय / महिनादेखि अघोषित बन्द रहेका नेपालभारत सीमाका नाकाहरु क्रमशः सबै खुला भएको समाचार आएका छन् अन्तिम नाका वीरगञ्जमा स्थानीय दुबै देशका सीमाका व्यापारी तथा नागरिकहरुले साधारण बल प्रयोग रि विरोधी मधेशवादी आन्दोलनकारीहरुको पञ्जाबाट वीरगञ्ज भन्सार नाका गत शुक्रबारदेखि मुक्त गरिएको समाचार रहेको यस प्रकार सबै नाकाहरु मुक्त भएकाले नेपाली जनतालाई नाकाबन्दीको समस्याले सताउने छैन भन्ने लागेको तथापी मधेसवादी केही नेताहरु अब विरोधको स्वर बदली राजधानी केन्द्रित विरोध प्रदर्शन गर्ने भन्ने वक्तव्यहरु दिइरहेका छन् जुनहरुवा गोरुको छेरुवा दाउभन्ने उखान जस्तै