Monday, February 8, 2016

खुलेको नाकाबन्दी र अबको बाटो

नेपालको नयाँ संविधान जारीगरिएको समय / महिनादेखि अघोषित बन्द रहेका नेपालभारत सीमाका नाकाहरु क्रमशः सबै खुला भएको समाचार आएका छन् अन्तिम नाका वीरगञ्जमा स्थानीय दुबै देशका सीमाका व्यापारी तथा नागरिकहरुले साधारण बल प्रयोग रि विरोधी मधेशवादी आन्दोलनकारीहरुको पञ्जाबाट वीरगञ्ज भन्सार नाका गत शुक्रबारदेखि मुक्त गरिएको समाचार रहेको यस प्रकार सबै नाकाहरु मुक्त भएकाले नेपाली जनतालाई नाकाबन्दीको समस्याले सताउने छैन भन्ने लागेको तथापी मधेसवादी केही नेताहरु अब विरोधको स्वर बदली राजधानी केन्द्रित विरोध प्रदर्शन गर्ने भन्ने वक्तव्यहरु दिइरहेका छन् जुनहरुवा गोरुको छेरुवा दाउभन्ने उखान जस्तै

नेपालको प्रमुख नाका रक्सौलवीरगञ्ज भन्सार रहेकोमा यस नाकाबन्दीको अवधिमा नेपाल राष्ट्रले करिब पैतालिस अर्ब भन्दा बढी रुपैयाँको घाटा सहनु परेको भन्ने तथ्याङ्क रहेकोछ, भनिन्छ यस भन्दा पनि बढी नेपाली जनताले अनावश्यक दुःख पाएकोमा अझै पनि पेट्रोल, डिजेल ग्यासको लागि लामो लामो लाइन राजधानीमा मात्रै होइन जिल्लाहरुमा पनि हेर्न सकिन्छ यो क्रम कहिलेसम्म चल्ने हो यो कुरा सरकारको सक्रियतामा निर्भर गर्दछ सबै भन्दा बढ्ता दुःख खाना पकाउने ग्यास उपलब्ध नहुदा आमजनतालाई भोक-भोकै बस्नु पर्ने अवस्था आइरहेको थियोकिन भने सरकारले यसै समयमा बिजुलीको लोडसेडिङ्गको समय पनि थपेको थियो अब भने सायद यस्तो अवस्था आउदैन होला जस्तो छ

मधेसवादी नेताहरु मध्ये विजय कुमार गच्छेदार जस्ता समझदार नेता सरकारमा सम्मिलित भइ इज्जत बचाउछन भने केही असन्तुष्ट महत्वाकाँक्षी मधेसवादी नेताहरु ठूलो भागबण्डा पाउन विरोध कार्यक्रम नै भइरहेकोमा यी मधेसी नेताको अभियान अब तुहिए जस्तो लाग्दछ किनकी धेरै जस्तो मधेसी वा तराईका जनताला यी नेताहरुको चरित्र थाहा भइसकेको सरकारले नयाँ संविधान संसोधन गरेको , त्यसमै सन्तुष्ट भए जस्ता छन् किनभने कुनै कुराको पनि आफ्नो सीमा हुन्छ चार/पाँच महिनादेखि मधेसवादी नेताहरुको भड्काउमा मधेस तराईका केही जनताले हुनसम्म अनावश्यक दुःख पाइसकेको छन्   अब अति ठिक हुदैन अन्ततः दुबै सीमावर्ती शहरका नागरिक, व्यवसायीहरु मिलेर यो नाकाबन्दीको मधेशवादी नेताहरुको नाटकलाई बल प्रयोग गरेर पनि बाटो साफ पारेर आवागमन दुरुस्त गरेका समाचार छन् भारत सरकारले पनि यी मधेसी नेताहरुको गतिविधि हेरेकै होला केन्द्रिय सरकारले नाका खोल्ने अनुमति दिएपछि मधेसवादी नेताहरु भाजपा सरकारका विरोधी पार्टीका नेताहरु विहारका लालुप्रसाद यादवसँग हारगुहार माग्न पुगेका थिए समर्थन पनि पाएकै थिए तर विहारमा लालुप्रसाद यादवको पार्टीको सरकार रहेपनि सम्पूर्ण भारतमा भाजपा सरकारको प्रशासन चल्दछ यो कुरा मधेसी नेताहरुले नबुझेको होइन तर उनीहरु नेपाल राष्ट्रको विरोधमा उत्रेकाले हुनसक्छ भारत सरकारको विरोधी पार्टीमा गुहार माग्न पुगेका थिए होलान्   भारतबाट नेपाल आउने अन्य नाकाहरु खुलिसकेका हुनाले यी मधेसी नेताहरुको मनोबल खस्की सकेको थियो होला नाका खुलाउने व्यापारीहरुको भनाई यहि थियो कि सम्पूर्ण नाकाहरु खुला भएपछि रक्सौलवीरगञ्ज नाकामात्र बन्द गर्न पाइदैन अब सबै भारतीय नाकाहरु खुलिसकेकाले नेपाली प्रधानमन्त्रीको बचन पनि पुरा भइसकेको वहाँको भारत भ्रमण पनि सुनिश्चित भइसकेको समाचार

तर सुखद घडीमा मित्र राष्ट्र चीनको उदारतालाई भने नेताहरुले बिर्सनु हुदैन । चीनले नेपाललाई अप्ठ्यारो परेको बेलामा दिएको सहयोग भुल्नु हुदैन र बैकल्पिक रुपमा तिब्बत अनि चीन जाने नेपाली बाटोहरुलाई सुचारु राख्नुपर्ने दायित्व पनि रहेको छ । ताकि आइन्दा कुनै पनि भारत सरकारले नाकाबन्दी गरेमा नेपाली जनताले दुःख भोग्नु नपरोस । यस भन्दा पनि ठूलो कुरा हो, आत्मनिर्भरतातर्फ पनि देशका अग्रणी नागरिकहरुले प्रयत्न गर्दै रहनुपर्दछ । तेल, ग्यास, कारखानाहरुको खोज, अनुसन्धानमा सघाउनै पर्दछ । जसबाट नेपाल आत्मनिर्भर बन्न सकोस । आत्मसम्मान चाहने हो भने स्वाबलम्बन अनिवार्य कुरा हो 

इति!
(२०७२ माघ २६ गते पश्चिम नेपाल दैनिकमा कञ्चनपुरबाट प्रकाशित)

No comments:

Post a Comment