Monday, March 7, 2016

श्री शिवरात्री पर्व विशेष: कैलाश बासी भगवान शिव

माता च पार्वती देवी पितादेवो महेश्वर ।
वान्धवा शिवभक्ता च स्वदेशं भुवनत्रयम् ।।

हाम्रा अरु पौराणिक देवी देवताहरुको निवासस्थान अनय लोकहरुमा भएपनि भगवान शिव तथा माता पार्वतीको निवास नगाधिराज हिमालयको कैलाश पर्वतमा रहेको वर्णन छ । र यो कैलाश पर्वत नेपाल राष्ट्रको निकटवर्ती क्षेत्र हुँदा नेपाल अझ सौभाग्यशाली बन्न पुगेको छ । कैलाश पर्वतलाई भगवान शिव र माता पार्वतीको निवास भएको हुनाले होला, ‘न कैलाश समो गिरी’ भनेर यस पर्वतको महिमा वर्णन गरिएको छ । कैलाश निकटवर्ति नेपाली क्षेत्रमा भगवान शिव र शक्ति स्वरुपा पार्वती देवी तथा शिवगणहरुका मन्दिर, गिरी गुफाहरु बिभिन्न स्थानहरुमा विद्यमान रहेका छन् । यी मन्दिरहरुमा श्री पशुपति, केदारनाथ, जगन्नाथ, बैद्यनाथ, बैजनाथ, मल्लिकार्जुन आदि नामहरुबाट पूजित रहेका छन् र देवी पार्वतीका पनि निङ्गलासैनी, रण्यासैनी आदि सात सैनी देवीहरु र देवी दुर्गा, शैलेश्वरी, गुहेश्वरी आदि नामहरुबाट ठाउँ ठाउँमा पूजापाठ भइरहेको देखिन्छ । 

यस पावन महाशिवरात्रीको सुअवसरमा भगवान शिवमा सादर बन्दना गर्दै केही रचनाहरु प्रस्तुत गरिन्छ । ऊँ नमः शिवाय ।

ऊँ नमः शिवाय
देवाधिदेव शिवको महिमा अपार,
योगी तपस्वी मुनि साधक आदि सारा ।
जयधन महामंत्र स ओमकार,
नमः शिवायेच नमः शिवाय ।।
मनमा अनेकौं कुविचार खेल्दा, 
दुर्भाज्यका विषयले मन भित्र पोल्दा ।
अमृतसरी शान्ति दिने उपाय,
नमः शिवाये च नमः शिवाय ।।
सम्झदैन मानिस पु¥याउन बुद्धि जसमा, 
लाग्दैन बाहुबलले पनि यत्न जसमा ।
सहकार्यमा यहि सुनाम हुने सहारा, 
नमः शिवाये च नमः शिवाय ।।
पढी अनेकौं सद्ग्रन्थ मर्म, 
गरी अनेकौं विधि दान धर्म ।
कल्याण कारक पुनित छ दिव्य नाम, 
नमः शिवाये च नमः शिवाय ।।
सम्पत्तिले मात्र हुदैन शान्ति, 
शरीर व्याधिहरुको घर छैन प्रान्ति ।
तसर्थ नाम जपने सुखको उपाय, 
नमः शिवाये च नमः शिवाय ।।
पर्दा विपत्ति निरुपाय हुँदा मनुष्य,
दुर्भाग्यको लहरमा डुब्दा अवश्य ।
अदृश्य शक्ति यहि नाम हुने सहारा, 
नमः शिवाये च नमः शिवाय ।।
भइ दीनहिन अबलम्ब नपाउदामा, 
दुष्कर्म संचित मिलि फल मोहदामा ।
उद्धार गर्न सक्ने यहि मन्त्र जप, 
नमः शिवाये च नमः शिवाय ।।
हुन नाशवान धन, शक्ति तथा जवानी,
हो व्यर्थ गर्व यसको सम्झेर ज्ञानी ।
जप्छन सदा परम पावन दिव्य नाम, 
नमः शिवाये च नमः शिवाय ।।
नश्वर शरीर दिनरात गरि बित्छ जीवन,
स्वाँस बन्द हुन्छ कहिले न छ पूर्व ज्ञान ।
तस्मात सदैव भज पावन ईश नाम, 
नमः शिवाये च नमः शिवाय ।।
अनेक पंथ र प्रदर्शक विद्यमान, 
अनजान मार्ग नगइ भइ सावधान ।
सद्ग्रन्थ स्थापित पवित्र महान नाम, 
नमः शिवाये च नमः शिवाय ।।
महाजनो येन गतः स पन्था, 
पूर्वजहरुको यहि मार्ग सच्चा ।
यहि छ नाम सुख शान्ति र मोक्षदाता, 
नमः शिवाये च नमः शिवाय ।।
जुन सृष्टिदेखि छ निरन्तर विद्यमान, 
अनेक नाम विधि पूजित सर्वमान्य ।
उनै महेश्वर सदाशिव मन्त्र जप, 
नमः शिवाये च नमः शिवाय ।।
साकार रुप निराकार ब्रह्म, 
ब्रह्माण्ड संचालक शक्ति केन्द्र ।
हुन भक्तवत्सल सदाशिव नै सहाय, 
नमः शिवाये च नमः शिवाय ।।
को जान्न सक्छ कहिले पर्ने विपत्ति, 
भविष्य हेर्ने पनि छैन युक्ति ।
छोडी शुभाशुभ वितर्क लगाउ ध्यान, 
नमः शिवाये च नमः शिवाय ।।

No comments:

Post a Comment