Tuesday, March 22, 2016

होरी वा होली?

आफ्ना दाजु दानवराज हिरण्याक्षको वध गर्ने-भगवान विष्णुको गुणगान गर्ने छोरा प्रह्लादलाई मार्न दानवराज हिरण्य कश्यपले आदेश दिए । प्रह्लादलाई काखमा राखी अग्नि कुण्डमा प्रवेश गर्न अग्निदाह नहुने वरदान पाएकी बहिनी होलिकालाई दानवराज हिरण्य कश्यपले आज्ञा दिए । तदनुसार होलिकाले प्रह्लादलाई काखमा लिएर अग्नि कुण्डमा प्रवेश गर्दा होलिका स्वयम् जलेर भष्म भइन तर भक्त प्रह्लादलाई भने केही भएन । उनी सकुशल रहे ।

यसै प्रसङ्गले त्यस बेलादेखि होली मनाउने चलन चलेकोमा द्वापर युगमा भगवान कृष्णले होलीलाई नयाँ रुप दिई 'होरी' मनाउने परम्परा सुरु गरेपछि भारतवर्षमा होरी मनाउने प्रचलन आएको भनिएको छ । र सुदुरपश्चिमको अछामी भू–भागमा एक जना अछामी राजाले कुमाउ राज्यकी राजकुमारीसँग विवाह गर्दा तिनै राजकुमारीले कुमाउबाट ल्याएको होरीको सौगात अहिलेसम्म पनि अछाम जिल्लाको साँस्कृतिक महोत्सवको रुपमा रहि आएको छ । बाँकी सुदूरपश्चिम क्षेत्रमा पनि कुमाउ क्षेत्रको होरीबाट प्रेरित भइ होरीको चलन चलेको बुझिन्छ । प्रायः होरीका गीतहरु हिन्दी भाषाकै रहेका र एकजना डन्डी स्वामी नामक व्यक्तिले अछाममा अछामी भाषा मिश्रित होरी गीतको चलन चलाए पनि अरु सुदूरपश्चिम क्षेत्रमा हिन्दी होरीकै प्रचलन रहेको छ ।

वसन्त ऋतुको यस मनोहारी उल्लासमय वातावरणमा रंगारंग कार्यक्रम होरीले साच्चिकै जनजीवनलाई पनि रंगीन बनाई दिएको हुन्छ । यसै होरी पर्वको उपलक्ष्यमा स्मरणीय केही हिन्दी नेपाली होरीका गीतहरु प्रस्तुत गरिएका छन् ।

होरी नेपालीः
होरी खेल्छन् श्याम वृन्दावनमा, व्रजकुञ्जनमा यमुना तटमा ।
वर्षा रंग अबीर गुलालको वर्षन लाग्यो गोकुलमा ।। होरी ।।
एकातिर श्रीकृष्ण मुरारी गोप किशोर लिइ सँगमा ।
अर्कातिर वृषमानु दुलारी राधा सखीहरु लिई सँगमा ।। होरी ।।
रंग विरंगी भरी पिचकारी दिए, भिजाई अनेक रंगमा ।। होरी ।।
बज्छन् झाँझ मृदङ्ग र डमरु होरीका धुन रस लयमा ।
यस्तो दृश्य चल्यो मनमोहक आनान्दित मन ग्वालनमा ।। होरी ।।
हेर्छन अदभुत होरी देवगण वसी आकाश विमानमा ।
फागु नृत्य चल्यो व्रज विथिन मृदुमादक यस फगुनमा ।। होरी ।।

होरी हिन्दीः १
जय वोलो यशोदा नन्दन की ।
मोर मुकुट पीताम्वर सोहै माल विराजै चन्दन की ।। जय ।।
मधुर मधुर स्वर वाजे मुरलिया वजे यशोदा नन्दन की । जय ।
यमुना किनारे धनु चरावे हात लकुटिया चन्दन की ।। जय ।।
वृन्दावन मैं रास रचायो सहस गोपी कुञ्जन की । जय ।
गोवद्र्धन गिरी नख पर धान्यो सब व्रजवासी बन्दन की ।। जय ।।
दुष्ट दलन कंशासुर मर्दन रक्षा करे सब सन्तन की ।। जय ।।

हिन्दी होरीः २
जल कैसे भरुँ यमुना गहरी । जल ।।
ठाँडे भरुँ राजा रामजी देखें, बैठि भरुँ भिगै चुनरी ।। जल ।।
धीरे चलुँ घर सास वुरी है, धमकि चलुँ छलके गगरी । जल ।।
गोदि में बालक सिरपर गागर, पर्वत से उतरी गोरी ।। जल ।।

हिन्दी होरीः ३
रंगमें होरी कैसे खेलुँगी मे सावरीया के सँग ।
अबीर उडता गुलाल उडता उडते सातों रंग ।
भर पिचकारी सम्मुखमारी अंगिया होगई तंग ।। रंगमें ।।
ढोलक बाजे सितार बाजे और बाजे मृदङ्ग ।
कान्हाजी की मुरली बाजे राधाजी के सँग ।। रंगमें ।।
सर्वत पिली लस्सी पिली उसमें मिलाया भंग ।
खसम तुम्हारे वडे विखट्टु चलो हमारे सँग ।। रंगमें ।।

हिन्दी होरीः ४
खेलुँगी धुमार अम्बे जोवन वाली खेलुँगी ।
धुम मचे हरिद्धार अम्बे जोवन वाजी खेलुँगी ।
तेरो बालम कहाँ गयो है गयो है दिल्ली बाजार ।। अम्बे ।।
वालमजी ने वाग लगायो दो निम्वु एक अनार ।
निम्वु निम्चु कैसो होबे कैसे होवै अनार ।। अम्बे ।।
निम्वु निम्चु खट्टा होवै मिठा होवै अनार ।
वालमजी ने निसानिया भेजी एक पटुका एक रुमाल ।। अम्बे ।।
ए पटुका कहाँ पर सोहै कहाँ सोहै रुमाल ।
ए पटुका कम्वर पर सोहै शिर पर सोहै रुमाल

इति !
(२०७२ चैत्र ८ गतेको पश्चिम नेपाल दैनिकमा कञ्चनपुरबाट प्रकाशित)

No comments:

Post a Comment