Wednesday, July 13, 2016

भानु जयन्ति र सामयीक साहित्य सृजना

पाश्चात्य साहित्य र अन्य भाषाका साहित्यको कुरा होईन, सँस्कृत साहित्यमा पनि आदिकवि वाल्मीकी ऋषी तथा महर्षी द्धैपायन वेदव्यास एवं आफ्ना समयका महाकवी कालीदास, माघ, भारवी, भवभुति आदि पनि प्रख्यात स्रष्टाहरु हुन । तर भारतमा सँस्कृत भाषाको स्थान हिन्दीले लिएर व्यापक भई सकेपछि महाकवि सन्त तुलसी दास जुन सँस्कृतका पनि धुरन्धर विद्धान थिए । जस्तो की तुलसीकृत रामायणमा लेखिएका उनका सँस्कृत रचनाहरु सँस्कृत साहित्यका अनुपम रचनाहरु छन् । यस्ता सँस्कृतका विद्धानले हिन्दीको व्यापकता बुझेर सँस्कृतमा नलेखी सर्वसाधारणले बुझ्ने गरि हिन्दी (अवधी) भाषामा रामायणको रचना गरेर भने ‘स्वान्त सुखाय तुलसी रघुनाथ गाथा भाषा निवन्ध मति मंजुलमा तनोती’ यस प्रकार उनले सँस्कृत नलेखी सामयिक हिन्दी भाषामा लेखी श्री राम कथालाई विशाल ग्रन्थको रुपमा प्रस्तुत गरी व्यापक तुल्याए ।

हिन्दी भाषाका प्रसिद्ध साहित्यकारहरु धेरै छन् । जसमा आफुले जानेबुझे अनुसार अयोध्या सिंह उपाध्याय ‘हरि औध’को प्रीय प्रवाश नामक रचना ग्रन्थ अनुपम रहेको छ । यसै प्रकार अज्ञेयको ‘शेखर एक जीवनी’ नामक रचनाका पंक्तिहरुको अर्थ दुई पल्ट पढ्नुपर्ने हुन्छ । अन्य प्रख्यात कवि साहित्यकारहरुमा सुमत्रिानन्दन पन्त, महादेवी वर्मा, जयशंकर प्रसाद, भगवती चरण वर्मा, मुन्सी प्रेम चन्द, रामचरी सिंह दिवाकर , निराला आदि पनि कालजयी साहित्यका रचनकार हुन् । तर सन्त तुलसी दासको तुलसी रामायण जस्तो विशाल ग्रन्थ अरु कसैको देखिएन ।

Thursday, July 7, 2016

सुदूरपश्चिममा साहित्य, संगीत र कला

नितिशास्त्रमा लेखिएको छ :–

साहित्य संगीत कला बिहीन
साक्षात पशु पुच्छ विषाण हिन ।।

अर्थात साहित्य, संगीत र कलाबिहीन मनुष्य पुच्छर र सिङ्ग नभएको पशु तुल्य हो । तर सुपमा कला भारत वर्षको कुनै क्षेत्र भन्दा पछाडी थिएन भन्ने कुरा तात्कालिन मुर्ती, शिलालेख तथा चित्रकारीताहरुबाट देख्न सकिन्छ । कला सर्वाधिक प्राचीन अवशेषहरुमा ‘पश्चिम नेपालको मूर्ती तथा वास्तुकला’ नामक श्री डिल्लीराज शर्माद्वारा लिखित एवं नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा हेर्न पाईन्छ र बैतडी देवल हाटका शिव मन्दिरहरुका भित्री भागहरुमा निर्मित चित्रहरु भारतका प्रसिद्ध अजन्ता एलोराका चित्रहरु भन्दा कम छैनन् भन्नु अत्युक्ति नहोला ।

यसै प्रकार साहित्यको कुरा गर्दा सुपमा लोक साहित्य जुन श्रुती परम्परामा आधारित थियो । आधुनिक साहित्यको प्रचारप्रसार भन्दा पहिले लोक नृत्य, लोकगीत र जन्मोत्सव व्रतवन्ध विवाह आदि समारोहहरुमा गाईने फाग आदिको दरवेडी तथा गौरा आदि पर्वोत्सवहरुमा गाईने ढव (लय) सुने पछि  कसको मन प्रसन्न मोहित नहोला ? तर छुटफुट र लोकगीतहरुको लिपीवद्ध प्रकाशन गरिए पनि एक जना दिवगंत डा.जयराज पन्तजीले एउटा क्षेत्रको लोकगीत संग्रह लिपीवद्ध प्रकाशन गर्नु भएको बाहेक बाँकी सुपको लोक गीतहरुको सम्पूर्ण लिपीवद्ध र प्रकाशन हुन सकेको देखिएन ।

Tuesday, March 22, 2016

होरी वा होली?

आफ्ना दाजु दानवराज हिरण्याक्षको वध गर्ने-भगवान विष्णुको गुणगान गर्ने छोरा प्रह्लादलाई मार्न दानवराज हिरण्य कश्यपले आदेश दिए । प्रह्लादलाई काखमा राखी अग्नि कुण्डमा प्रवेश गर्न अग्निदाह नहुने वरदान पाएकी बहिनी होलिकालाई दानवराज हिरण्य कश्यपले आज्ञा दिए । तदनुसार होलिकाले प्रह्लादलाई काखमा लिएर अग्नि कुण्डमा प्रवेश गर्दा होलिका स्वयम् जलेर भष्म भइन तर भक्त प्रह्लादलाई भने केही भएन । उनी सकुशल रहे ।

Monday, March 7, 2016

श्री शिवरात्री पर्व विशेष: कैलाश बासी भगवान शिव

माता च पार्वती देवी पितादेवो महेश्वर ।
वान्धवा शिवभक्ता च स्वदेशं भुवनत्रयम् ।।

हाम्रा अरु पौराणिक देवी देवताहरुको निवासस्थान अनय लोकहरुमा भएपनि भगवान शिव तथा माता पार्वतीको निवास नगाधिराज हिमालयको कैलाश पर्वतमा रहेको वर्णन छ । र यो कैलाश पर्वत नेपाल राष्ट्रको निकटवर्ती क्षेत्र हुँदा नेपाल अझ सौभाग्यशाली बन्न पुगेको छ । कैलाश पर्वतलाई भगवान शिव र माता पार्वतीको निवास भएको हुनाले होला, ‘न कैलाश समो गिरी’ भनेर यस पर्वतको महिमा वर्णन गरिएको छ । कैलाश निकटवर्ति नेपाली क्षेत्रमा भगवान शिव र शक्ति स्वरुपा पार्वती देवी तथा शिवगणहरुका मन्दिर, गिरी गुफाहरु बिभिन्न स्थानहरुमा विद्यमान रहेका छन् । यी मन्दिरहरुमा श्री पशुपति, केदारनाथ, जगन्नाथ, बैद्यनाथ, बैजनाथ, मल्लिकार्जुन आदि नामहरुबाट पूजित रहेका छन् र देवी पार्वतीका पनि निङ्गलासैनी, रण्यासैनी आदि सात सैनी देवीहरु र देवी दुर्गा, शैलेश्वरी, गुहेश्वरी आदि नामहरुबाट ठाउँ ठाउँमा पूजापाठ भइरहेको देखिन्छ । 

यस पावन महाशिवरात्रीको सुअवसरमा भगवान शिवमा सादर बन्दना गर्दै केही रचनाहरु प्रस्तुत गरिन्छ । ऊँ नमः शिवाय ।

Wednesday, March 2, 2016

गोदावरी मेला र गोदावरी पत्रिका

यसवर्ष गत माघदेखि कैलालीको गोदावरी क्षेत्रमा प्रसिद्ध साहित्यकार श्री पदमराज जोशीजीको संयोजकत्वमा केही श्रद्धालु, प्रगतिशील धार्मिक व्यक्तित्व्हरुको लगन र परिश्रमले यस सुप विकास क्षेत्रकै अद्वितीय गोदावरी कुम्भ नामक मेलाले अपार सफलता प्राप्त गरेको देखिन्छ । यस मेलामा लाखौं श्रद्धालु अथाव दर्शनार्थीको सहभागिताको अतिरिक्त राष्ट्राध्यक्ष श्रीमती विद्यादेवी भण्डारीले यस कुम्भ मेलाको उद्घाटन गर्नु पनि ऐतिहासिक महत्व रहेकोछ । साथै अनेक गण्यमान्य र समाजका प्रतिष्ठित तथा साधु सन्याषी महात्माहरु सहितको आगमनबाट यो प्रथम धार्मिक आयोजनाले अत्यन्त लोकप्रियता प्राप्त गरेको देखिन्छ । र यसबाट सुप क्षेत्रको महत्व बढेको छ । यस कुम्भ मेलाको पौराणिक आधार जसमा सातवटा गोदावरी नदीहरुको वर्णनले पनि मानिसहरुमा श्रद्धा बढाएको छ । र यस क्षेत्रमा भगवान श्रीकृष्णको चरण पादुका रहेको चिन्ह आदि धार्मिक अवशेषहरु पनि यस कुम्भ मेलाका सम्वाहकहरु हुन । 

Monday, February 29, 2016

नेपाली राजनीतिमा व्यक्तिवाद

नेपालमा सशस्त्र माओवादीहरुको उत्थान र पतनको क्रममा जन-आन्दोलनले नेपालको जनजीवनमा भयङ्कर मोड ल्याउदा लगभग १७ हजार नेपाली जनताको अकाल मृत्यु हुन पुग्यो । तैपनि यो सशस्त्र विद्रोही आन्दोलन सफल हुन सकेन र यस आन्दोलनको प्रमुख गुट जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भएको थियो, संसदीय पद्धतिको अनुशरण गर्नु भएपछि आफू र पार्टी नेपाली राजनीतिमा स्थापित भए । यस माओवादी पार्टीबाट टुक्रिएको बैद्य गुट एवं विप्लव गुटहरु पृथक पथबाट आफ्नो अस्तित्व देखाउदैछन् र हाल यस मुख्य माओवादी पार्टीबाट डा.बाबुराम भट्टराई पनि अलग भइ शक्ति सञ्चयमा लाग्नु भएको देखिन्छ । 

Monday, February 8, 2016

खुलेको नाकाबन्दी र अबको बाटो

नेपालको नयाँ संविधान जारीगरिएको समय / महिनादेखि अघोषित बन्द रहेका नेपालभारत सीमाका नाकाहरु क्रमशः सबै खुला भएको समाचार आएका छन् अन्तिम नाका वीरगञ्जमा स्थानीय दुबै देशका सीमाका व्यापारी तथा नागरिकहरुले साधारण बल प्रयोग रि विरोधी मधेशवादी आन्दोलनकारीहरुको पञ्जाबाट वीरगञ्ज भन्सार नाका गत शुक्रबारदेखि मुक्त गरिएको समाचार रहेको यस प्रकार सबै नाकाहरु मुक्त भएकाले नेपाली जनतालाई नाकाबन्दीको समस्याले सताउने छैन भन्ने लागेको तथापी मधेसवादी केही नेताहरु अब विरोधको स्वर बदली राजधानी केन्द्रित विरोध प्रदर्शन गर्ने भन्ने वक्तव्यहरु दिइरहेका छन् जुनहरुवा गोरुको छेरुवा दाउभन्ने उखान जस्तै