Wednesday, January 20, 2016

मनुष्य जीवन

मनुष्यको जीवन वृक्षलाई, आमन्द आनन्द सुधा पिलाई ।
बडो उज्यालो रसिलो छ दैब, गराउने मुख्य धनै छ दैब ।। 
-कविशिरोमणी लेखनाथ पौड्याल ।।

धनको महिमामा कविशिरोमणिले यस्तो कविता लेख्नुभएको छ तर निति शास्त्रहरु यसो भन्दछन्:

आयु कर्म च वित्तं च विद्या निधन मेवच ।
पञ्चैतान्ति सृज्यन्ते गर्भस्तस्यैव देहिन ।।

अर्थातः आयु, कर्म, धन, विद्या र मृत्यु यि ५ थोक विधाताले गर्भमा नै लेखिदिएका हुन्छन् । तैपनि विना उद्योग परिश्रमले भाग्यको थाहा नपाइने हुनाले निती शास्त्र यसो पनि भन्दछ:

उद्योगिणं पुरुषसिंह मुपति लक्ष्मी दैवेनदेय मिती कायुरुषवदन्ति ।
दैवं निहित्य कुर पौरण भात्म शाक्त्या यत्ने कृते यदि नसि ध्यति कुत्र दोषः ।।

अर्थात् उद्योगी पुरुषसिंहहरु लक्ष्मी प्राप्त गर्दछन् र कायरहरु दैवले दिएन भनेर बस्छन् । यसकारण दैवका पछि नलागि सकेसम्म पौरण गर्नुहोस र कार्य सिद्ध हुँदैन भने कुन कारणले भएन दोष पत्ता लागाउनुहोस् । 

हिन्दीका महाकवि सन्त तुलसीदास भन्नुहुन्छ:

अर्ब खर्ब लौ द्रव्य है उदय अस्त लौ राज ।
तुलसी जो निज मरण है तब आवै केहि काज ।।

यस कारण निती शास्त्रहरुमा भनिएको छ:

गन्धं सुवर्णे फल भिक्षु दण्डे, नाकारी पुण्यं खलु चन्दनस्य ।
विद्वान धनी नृपति दीघृजिवी, विधि पुणस्यानपि बुद्धि देहे ।।

अर्थात् सुनमा सुगन्ध, उखुमा फल, चन्दन वृक्षमा फुल, विद्वान, धनी र नृपति (सम्पन्न) दीर्घजिवी बनाउने कार्यको लागि विधाता लाई वुद्धि दिने कोहि भएन । यसै कारण श्री गीताजी मा भनिएको छ:

जातास्या हे ध्रुवोमृत्यु ध्रूव जन्म मृत्यस्यच ।
तस्मात परिहार्येऽर्थेनत्वं स्वचितु महर्षि ।। २-२७ ।।

अर्थात् जन्मेपछि मृत्यु र मृत्यु पछि जन्म अनिवार्य हुन्छ भने मृत्युको लागि शोक किन गर्नु । यस प्रकार मनुष्यको क्षण भंगुर जीवन कालमा पनि भाको सुकर्म द्वारा कालान्तर सम्म मनुष्यको नाँउ संसारले स्मरण गर्दछ । यसै प्रसंगमा अल्प आयु भएर पनि आफ्नो कृति चिरस्थायि राख्नु हुने केही महानुभावहरुको उल्लेख हनु पनि आवश्यक रहेको छ । 

यथा श्री ५ पृथ्वी नारायण शाह तत्कालिन समयमा वर्तमान नेपाल भित्र पर्ने ५० भन्दा बढी साना ठूला राज्यहरु मध्ये एउटा सानो गोरखा राज्यको राजा भएर पनि उहाँले आफ्नो अहम्य शाहस एवं बुद्धि चातुर्य र विरताले नेपाल राष्ट्रको निर्माण गर्नु भयो र केवल ५२ वर्षको उमेरमा उहाँ दिवंगत हुनुभयो । उहाँको दूरदर्षिताको फल स्वरुप नेपाल राष्ट्रले स्तन्त्र हिन्दु राष्ट्र जस्तो विशाल हिन्दु समाजको गौरव प्राप्त ग¥यो । तर वर्तमान समयमा नेपालका अदूरदर्शी नेताहरुले यो हिन्दु राष्ट्रको गौरवलाई ओझेलमा पारे पनि यसको लालसा प्रत्येक राष्ट्रवादी हिन्दुलाई रहि रहनेछ । 

यसैप्रकार जगतगुरु आदि शंकराचार्यको उमेर केवल ३२ वर्षको थियो । त्यसमा पनि १६ वर्ष भगवान वेदव्यासले थप गरिदिनु भएको थियो भन्ने कथा छ । तर उहाँले यस ३२ वर्ष उमेरमा नै पतनोन्मुख हिन्दु (आर्य) सनातन वैदिक धर्मको उद्धार गरिदिनु भयो र यसको लागि आर्यावर्त कृतग्य रहेको छ । विश्व विजयी युनानका अलेख जान्डर (सिकन्दर) को प्रसङ्ग पनि बहुचर्चित रहको छ । उनको अल्पायु मै देहान्त हुँदा उहाँले आफ्नो अन्तिम संस्कार गर्दा हात खुला गरी लैजानु भन्नु भए अनुसार लैजादाको दृष्टा एउटा कविले यस प्रकार लेखेका छन्:

इकठ्ठेगर जहाँ के जर सभी मुल्को के माली थे ।
सिकन्दर क्या लेगया सँगमे दोनो हाथ खाली थे ।।

मरण पश्चात मनुष्यको राम्रो र नराम्रो कार्यहरुको मात्र वर्णन गरिने हुनाले आदि शंकराचार्य भन्नुहुन्छ:

पुनरपि जननं पुनरपि मरणं पुनरपि जननी जठेर शयनम् ।
इह संसारे खलु दुस्तारे कृपया पारे पाहि मुरारे ।। 
भज गोविन्दम् भज गोविन्दम् भज गोविन्दम् मूढमते ।
गयं गीता नाम सहश्रम् ध्येयं श्रीपति रुप मजस्त्रम् ।
नयं सज्जन संगे चित्तं देयं दीन जनायच वित्तम् ।। भज गोविन्दम् ।।

अन्तमा: 
दिन उस्तै रात उस्तै ऋतुहरुको मौसमी चाल उस्तै ।
डाडाकाडा रवी शशी प्रकृती हिमगीरी दृश्य उस्तै ।

फलफुल अन्नादिहरुको रुप रंग स्वाद उस्तै 
मन उस्तै तर तन किन भयो आज वदरंग जस्तै ।। 
(सु–विधा कवितासंग्रहवाट ।।)

No comments:

Post a Comment