Friday, January 22, 2016

भारतले नेपालसँग के चाहेको हो ?

भारतमा भारतीय जनता पार्टीको केन्द्रीय सरकार जसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नु भएको छ, यस भारत सरकारबाट नेपालले धेरै आशा गरेको थियो तर नेपालमा नयाँ संविधान जारी भएसँगै भारतीय नाकाबन्दीले गर्दा नेपाली जनतामा तेल, ग्यास समेतको आपूर्तिमा अघोषित नाकाबन्दी लगाइ दिदा आमनेपाली जनताले धेरै दुःख कष्ट सहनु परिरहेको  यस नाकाबन्दी प्रक्रियामा केही मधेशवादी नेताहरुको सक्रियता रहे पनि यी नेपाल सरकार  संविधानका विरोधीहरु हुन, नेपाली जनता होइनन समस्त देशका करोडौ जनताले नाकाबन्दीको दुःख पीडा भोग्नु परिरहेको  भारत सरकारले पनि यो कुरा बुझाउनु पर्ने हो 

कतिपय राजनीतिक विश्लेषकहरुको भनाइछमधेशवादीहरुको राजनीतिक समसया भारतको लागि नाकाबन्दी गर्ने एउटा वहाना मात्र हो असलमा नेपाल सरकारसँग भारत सरकार के कुरामा असन्तुष्ट भएको हो यो कुरा स्पष्ट भएको छैन कुनै भन्छन, बिहानरमा हुने चुनावलाई ध्यानमा राखि नाकाबन्दी गरिएको हो कोही भन्छन, मोदी सरकारले नेपालीहरुको प्रतिक्रिया हेर्न चाहेको हो यी कुराहरु जे भएपनि आमनेपाली जनता भारतीय जनताबीच युगौंदेखिको रक्त सम्बन्ध, धर्म सम्बन्ध तथा परस्पर मित्रता अद्वितीय रहेकोले नै दुबै देशको सीमामा आवतजावतका लागि कुनै रोकटोक छैन  यसै सन्दर्भमा हिन्दी साहित्यकारहरुको स्वागतमा लेखिएको  प्रस्तुत गरिएको गीतको निम्न अंश पनि पुनः प्रस्तुत गरिएको  

देश दो है भारत और नेपाल के,
धर्म संस्कृति आदि से हम एक हैं 
शासन भलेही  जैसा रहे,
आम जनता मे सौहार्द भरपूर है ।।
तीर्थ रामेश्वरम्बद्रिप्रयाग के,
अथावा कैलाश या पशुपति नाथ है 
आते जाते है हम करते तीर्थाटनम्,
वैवाहिक सम्बन्ध अति प्राचिन है ।।
इती स्नेह बन्धन मे जनता बँधी,
एक दुसरे के हम शुभ चिन्तक भी हैं ।।

यति भएर पनि नेपाली जनताको दुःखकष्टपीडा नबुझी दिनु भारत सरकारको निर्दयता सम्झिने परिपेक्षमा दक्षिणमुखि नेपाललाई उत्तरमुखि बनाउने प्रयत्न किन ? नेपालमा वर्तमान नयाँ सरकारको आगमनसँगै सीमा नाकाहरुमा केही खुकुलोपना देखिए पनि अझै पूर्ववत हुन बाँकी नै रहेकोले यस समस्याको निराकणरको लागि नेपालका नव नियुक्त उपप्रदान तथा परराष्ट्र मन्त्री कमल थापा नयाँ दिल्लीतर्फ लागेको समाचार रहेकोले वहाँको लक्ष्य सम्पादन कार्य सिद्धि सफल होस भन्ने शुभकामना देशवासीहरुले गरिरहेका छन्  जसबाट नेपाली जनताले अकारण  अनावश्यक रुपले भोगीरहेको अभावबाट छुटकारा मिल्न सकोस 

नेपालमा हिन्दु जनसंख्या ८५ प्रतिशत भन्दा पनि बढी रहेको परिपेक्षमा नयाँ संविधानमा नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने गरि धेरै आमजनताको माग रहे पनि वर्तमान संसदले हिन्दुराष्ट्रको मान्यता नदिएकोले पनि वर्तमान भारत सरकार रुष्ट भएको हुनसक्छ  किनकी भारतीय जनता पार्टी हिन्दुवादी मानिए पनि भाजनाको केन्द्रीय सरकारले भारतलाई हिन्दुराष्ट्र कायम गर्न वर्तमानमा संभव छैन  भारतका महात्मा गान्धी मानवतावादी हुनुभएका कारण भारतपाकिस्तान विभाजनको समयमा महात्मा गान्धीले भारतीय मुस्लिमबर्गलाई पाकिस्तान जान नदिने गर्नु भएको प्रयासको फलस्वरुप कट्टर हिन्दुराष्ट्रवादी नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेको  आफूले मृत्युदण्ड पाउने निश्चित भएपछि आफ्नो अस्थिलाई सिन्धुनदी भारतमा भएपनि प्रवाहित गरिदिन भनेर वसियत गरेर गएका थिए रे ! स्मरणीय सिन्धुनदी हाल पाकिस्तानमा पर्दछ 

यसै सिद्धान्तको अनुरुप केही राष्ट्रवादी भारतीयहरु नेपालको जनसंख्या अनुरुप नेपालमा हिन्दुराष्ट्र कायम होस भनेर अवश्य चाहन्थे होलान  अधिकासं नेपालीहरुको पनि यहि कामना रहे पनि शक्तिवान संविधानसभाले जुन संविधान पास गरेत्यस संविधानलाई मान्न नेपाली जनता बाध्य रहेको  तर मधेशवादी नेताहरुको असन्तोश हिन्दुराष्ट्रको लागि नभइ प्रादेशिक सीमाङ्कनको विरुद्ध हो भनिन्छ  यसको लागि भारतबाट पनि नाकाबन्दी जस्तो प्रोत्साहन मिलेकोले पनि मधेशवादी नेताहरु आफ्नो विस्तारवादी सिद्धान्तको वावजुद सरकारलाई कज्याउन सफल बनेका छन् तर सुपको  प्रादेशिक अखण्डता खलबल्याउन भने यसक्षेत्रका जनताको हार्दिक कामना रहेको  

(२०७२ कात्तिक  गते सुदुर पश्चिमबाट निस्किने पश्चिम नेपाल दैनिकमा प्रकाशित)

No comments:

Post a Comment