Friday, January 22, 2016

सम्वत्सरको इतिहासमा नेपाल सम्वत

नेपालको राजधानी काठमाडौंमा प्रतिवर्ष तिहार पर्वमा सुरु हुने नेपाल सम्वतलाई सरकारी रुपमा प्रचलनमा ल्याउन केही समुदायका व्यक्तिहरुले सरकारलाई दवाव दिने गर्छन । राजधानीमा प्रदर्शन समेत गरेर दवाव दिने गरिन्छ  सरकारले पनि नेपाल सम्वतलाई प्रयोगमा ल्याउने प्रयत्न गरिरहेको देखिन्छ  तर विक्रमी सम्वत इस्वी सम्वत जस्ता सर्वमान्य सम्वत्सरहरुलाई हटाई नेपाल सम्वतलाई प्रचलनमा ल्याउनु नेपलालाई त्यति सजिलो हुने छैन 
प्रकृतिले केवल ऋतुहरुद्वारा आफ्नो प्रभाव कायम गर्न समयको विभाजन गरेको पाइन्छ तर मानिसले आफ्नो सुविधाको लागि कल्प, मन्चतर, युग, सम्वत्सरवर्ण, महिना, वार, नक्षेत्र आदिद्वारा काल विभाजनको प्रणालि स्थापित गरेको पाइन्छ आर्य संस्कृतिमा ६० सम्वत्सरहरुको कल्पना गरि प्रत्येक सम्वत्सरको अलग अलग नाम पनि दिइएको  आप्नो राज्य (देश) भरिका ऋणी व्यक्तिहरुको ममस्त ऋणमोचन गरि राजा, महाराजा वा धनपतिहरुले आफ्नो अभिष्ट नाम दिइ सम्वत चलाएको भनिन्छ प्राचिनकालदेखि चलेका सम्वत्सरहरुमा भारतवर्ष भरिमा कल्पाब्द, सृष्टि, वामन, श्रीराम, श्रीकृष्ण, युधिष्ठिर सम्वत्सरको साथै बौद्ध, महावीर, श्रीशंकार्यचार्य, बिक्रम, शालिवाहन, नेपाल सम्वत आदि रहेका विदेशी सम्वतहरुमा चीनी, इस्वी, हिजरी आदि प्रसिद्ध रहेका छन् 
भारतवर्षमा बिक्रमी सम्वतको आगमन कालसम्म युधिष्ठिर सम्वतको प्रचलन रहेको थियो भनिन्छ अहिलेसम्म पनि युधिष्ठिर सम्वतको महत्व कतैकतै देख्न पाइन्छ बिक्रमी सम्वतको प्रचलन गर्ने सम्राट चन्द्रगुप्त बिक्रमादित्यले आफ्नो राज्यका सम्पूर्ण प्रजाहरुको ऋण तिरी यो बिक्रमी सम्वत प्रचलित गरेको मानिन्छ वर्तमान वर्ष विक्रमी सम्वत २०७२ मानिएको   भारत वर्ष भरि यस सम्वतको प्रचलन रहेपनि नेपालको सरकारी कामकाजमा आमजनताको व्यवहारिक लेखपढमा यहि बिक्रमी सम्वतको उपयोग  हुने गरेको  तर इस्वी सम्वत विश्वव्यापी भएकाले इस्वी सम्वतको प्रमुखता पनि व्यापक रहेको  इतिहास अनुसार बिक्रमी सम्वत्सर पूर्णतया वैज्ञानिक आधारमा निर्मित हुनाले यसको बढी मान्यता रहेको भनिएको छ 
आजको ठीक ११२६ वर्ष अघि तत्कालिन नेपाल (काठमाडौं उपत्यका)का राजा राघवदेवका पालमा त्यस राज्यका एकजना ज्योतिषिले बिष्णुमती नदी दोभानको बालुवा फलानो मुहुर्तमा ल्याएमा त्यस बालुवाको सुन बन्ने छ भन्ने गरेको भविष्यवाणीअनुसार भक्तपुरका एकजना व्यापारी शंखधर साख्वाले त्यस मुहुर्तमा विष्णुमती नदीको दोभानबाट झिकाएर राखेको बालुवाबाट सुन बनेपछि शंखधर साख्वाले राज्य भरिका ऋणी व्यक्तिहरुको ऋण तिरिदिएकोले यो नेपाल सम्वत चलाएको थियो भन्ने आधारमा यो नेपाल सम्वतको प्रचलन भएको मानिन्छ तर नेपाल सम्वतको प्रचलनकर्ता को हुन भन्ने विषयमा विवादस्पद कथनहरुले गर्दा प्रमाणिक नभए पनि नेपाल सरकारले यसलाई मान्यता दिएकोले सहसम्वतको रुपमा यसको प्रचलन नेपाली अभिलेखहरुमा राखिदै गरेको पाइन्छ 
अंग्रेजी विद्धान कर्क पैट्रिकका अनुसार कर्णाटकका राजा नान्यदेवले नेपाल भ्याली गरेको विजयोपरान्त यो सम्वत चलाएको भनिएकामा यस कुराको खण्डन भइसकेको  फ्रान्सका विद्धान सिल्भल्नेभीले तिब्बतबाट नेपाल स्वतन्त्र भएको उपलक्ष्यमा नेपाल सम्वत चलाएको भनि तर्क  तर नेपाल तिब्बतको अधिनमा रहेको तर्क पुष्टी हुन सकेको छैन विष्णुमती नदीको दोभानमा यस शुभ मुहुर्तमा बालुवा झिकेर ल्याएमा सुन बन्छ भन्ने ज्योतिषिको भनाइअनुसार भक्तपुरका व्यापारी शंखधर साख्वाले बालुवा ल्याउदासुन भएको त्यस सुनबाट राज्यका प्रजाहरुको कर्जा तिरि शंखधर साख्वाले नेपाल सम्वत चलाएको भन्ने कुराको हकमा जुन ज्योतिषिलाई बालुवाबाट सुन बन्न सक्ने थाहा थियो ति ज्योतिषिले आफूले सुन किन बनाएन भन्ने तर्कहरुले यो कथा पनि पूर्ण विश्वासप्रद देखिदैन यस कथालाई इतिहासकारहरुले काल्पनिक कथा हो पनि भन्ने गरेको  भारतका विद्धान रमेशचन्द्र मजुमदारले नेपाल सम्वतलाई शांक सम्वतको निरन्तता हो भनेका छन्  यसको पनि खण्डन गरिएको छ 
अन्त्यमा नेपालका राज राघवदेवले वि.सं९२६ कात्तिकदेखि श्री पशुपतिनाथमा समर्पित गरि नेपाल सम्वत चलाएको हुन भन्ने कुरा डा.दिल्ली रमण रेग्मी अर्का विद्धान धनवज्र बज्राचार्यको मत गोपाल राजाको वंशावलीमा लेखिएको कुरा पुष्टि हुन आउछ  राजा राघवदेवलाई श्री पशुपति भट्टारक उपाधि दिइएको पुस्तकमा लेखिएको भनि नेपालका प्राचिन तथा मध्यकालिन इतिहास पुस्तकमा लेखिएको देखिन्छ 

साभार सन्दर्भ ग्रन्थः
कल्याण हिन्दु संस्कृति अंक प्र.गीता प्रेस गोरखपुर
नेपालका प्राचीन तथा मध्यकालिन इतिहास ले.डा.श्रीराम प्रसाद उपाध्याय 

(मिति २०७२ मंसिर १६ गते सुदुर पश्चिमबाट निस्किने पश्चिम नेपाल दैनिकमा प्रकाशित)

No comments:

Post a Comment