Friday, January 22, 2016

काठमडाौंको बसाईपछि लेखिएको स्मरणपीडित राजधानी

नेपाल राष्ट्रलाई वर्तमानमा दैवी प्रकोप मानवीय प्रकोप समेत दुबै प्रकोपहरुले गर्दा मर्माहत तुल्याइ दिएकोछ दैवी प्रकोप महाभूकम्पको विपत्तिले राजधानी तथा वरपरका क्षेत्र जिल्लाहरुमा बढी नोक्सान गरेपनि त्यस हानीको दुष्परिणाम प्रभाव समस्त राष्ट्रमा निश्चित रुपले परेकोले यसबाट परित्राण हुन नपाउदै छिमेकी मित्रराष्ट्र भारतबाट वर्तमान शासनाकृत शासकहरुको नेपाली बहुसंख्यक जनताप्रति गरिएको नाकाबन्दी जस्तो त्रासदीले गर्दा परनिर्भर राष्ट्र नेपाललाई मर्माहत हुने गरी कष्टहरु थपिएका छन् यसबाट उद्धार हुने तुरुन्त कुनै छाँट देखिएको छैन

यस नाकाबन्दीजन्य राष्ट्रिय पीडालाई बढाउनेमा आफ्नै देशवासी केही अदूरदर्शी मधेशवादी नेताहरु छन् जसका विस्तारवादी नीतिहरुका समर्थनमा वर्तमान भारत सरकारका प्रशासक नेताहरुले साथ दिइरहेका छन् यस अन्यायपूर्ण नीतिले गर्दा राजधानीका प्रायः सबै समाचारपत्रहरुमा भोक जाडोले गर्दा पीडित व्यक्तिहरु, घरबारबिहीन गरिब मानिसहरुको अकाल मृत्यु भइरहेको समाचारपत्रहरुमा प्रमुखताले समाचार छापिएका हुन्छन् समस्त नेपाल राष्ट्रनै यस नाकाबन्दीले गर्दा पीडित अवस्थामा रहेपनि राजधानीका गरिब जनता आफ्नो आधारभूत आवश्यकताहरुबाट बञ्चित रहेका देखिन्छन अर्थात गरिब, मजदुर, किसानहरुको रोजगारमा कमि आएका कारण जनताको क्रयबिक्रयमा बाधा पर्ने दुई छाक टार्नलाई पनि पकाइ खाने इन्धनको अभावले गर्दा भोकभोकै बस्नु पर्ने स्थितिसम्म पैदा भइरहेको देखिन्छ

नेपालमा सरकार नै छैन भन्नु मिल्दैन किनकी एकातिर शासक नेताहरु नयाँ पारित संविधानको दुहाइ दिइरहेका छन संसारको सर्वश्रेष्ठ अथवा एसियाकै सर्वश्रेष्ठ संविधान भनेर व्याख्या गरि गर्वसाथ भाषण दिने गर्दछन् तर यस संविधान सृजनाबाट असन्तुष्ट केही मधेशवादी नेताहरुलाई भने आश्वस्त गर्न सकिरहेका छैनन्  

स्मरणीय , नेपालमा पञ्चायती शासनकालमा पनि तत्कालीन पञ्चायती संविधानलाई पनि सर्वश्रेष्ठ संविधान पञ्चायत प्रणालीलाई सर्वश्रेष्ठ शासन प्रणाली भनेर ठोकुवा गरिन्थ्यो अहिले पनि ८५ प्रतिशत नेपाली हिन्दु जनताको भावना अधिकारको उपेक्षा गरि केही हिन्दु विरोधीहरुको तुष्टिको लागि धर्मनिरपेक्ष संविधान बनाइ सर्वश्रेष्ठ संविधान भनेर घोषणा गरिन्छ तर हिन्दु समाजको सहनशीलताको निरन्तरता यो पनि की जस्तो शासन रहेपनि सामुहिक प्रतिवाद हुदैन जनप्रतिनिधि मानिएका सांसदहरको बहुमतले पारित गरेको संविधानलाई मान्नु पर्ने विवशता

सरकार चलाउने नेताहरुको नीति यस्तो देखिन्छ कि उहाँहरु केवल आफ्नो कुर्सी बनाउने अभियानमा मात्र संलग्न हुनुहुन्छ जस्तो सायद यसै कारणले होला नयाँ संविधानमा उल्लेख्य संख्यामा भन्दा पनि बढि मन्त्रीहरु भर्ना गरि देशको जो भएको अर्थतन्त्रलाई नेताहरुको लागि मात्र उपयोग गर्ने नीति लिएको देखिन्छ घरवारबिहीन निराश्रित भूकम्पपीडित जनताहरुको कल्याणका लागि गर्नु पर्ने कार्यक्रम नगरी धनको दुरुपयोग भएको भन्ने कुरा विज्ञहरुले बताउने गर्दछन्

अर्को कुरा राजधानीमा इन्धन, औषधी आदिको अभाव कालोबजारीको मात्रा बढ्दैछ त्यसमा पनि गाउँ ठाउँमा बिजुली नहुनुले विद्युतीय यन्त्रहरु खाना पकाउने आवश्यकता पनि निष्कृय हुन्छन यस प्रकार जनताले थप कष्ट भोग्नु परिरहेको रोम जलिरहेछ, शासक निरो बंशी बजाइ बस्दछभन्ने उखान चरितार्थ भइरहेको लोडसेडिङ्गका अतिरिक्त ट्रान्सफर्मर पड्केर विद्युत आपूर्ति बन्द हुने गरेको तीन चार दिनसम्म पनि जडान हुदैन  

यसकारणमा पनि नक्कली ट्रान्सफर्मर लगाउनुमा कमिसनको खेल हो भनि मान्छेहरु भन्दछन् साँचो कुरा सम्बन्धित प्रशासकहरुलाई नै थाहा होला तर सरकार आफैमा सन्तुष्ट मग्न रहेको देखिन्छ देशका सर्वोच्च पद राष्ट्रपति पदमा आसीन व्यक्तिको जनकपुर जानकी मन्दिरमा अपमान गरिनु साधारण कुरा होइन त्यो अपमान राष्ट्रकै अपमान हो भनि सम्झनु पर्ने हो तर व्यक्तिवादी नेताहरुमा यसको चिन्ता कहाँ हुन्छ ? 

राजधानीमा अभावै अभावमा कष्टकर जीवन विताउनेहरुमा घरवारविहीन भूकम्पपीडित तथा निम्न आयस्तर भएका नागरिक डेरा गरी बस्ने मानिसहरु अधिक छन ग्यास इन्धनको विकल्पन दाउरा बाल्नु पनि हो जुन सर्वसाधारणलाई सुलभ हुन सक्दैन तैपनि राजधानीको तडकभडक देखाउन त्यहाँको संस्कृति बनिसकेको जे जस्तो कष्ट भोग गर्नु परेपनि नेपालीहरु हाँसीखुसी भइ रमाउन चाहन्छन स्वदेशको दीर्घायुको कामना गर्दछन् यो नेपालीहरुको विशेषता पनि हो

(२०७२ पुष १५ मा सु पबाट निस्किने पश्चिम नेपाल दैनिकमा प्रकाशित)

No comments:

Post a Comment