Friday, January 22, 2016

सुदूरपश्चिम र समाज

वर्तमान नेपाल राष्ट्रको पश्चिमी भूभाग जसलाई सुदूरपश्चिम विकास क्षेत्रका नामले परिचय गराइन्छ, यसै क्षेत्रभित्र पौराणिक मानसखण्डक्षेत्रको  पूर्वि भूभाग पनि समावेश रहेको यस विषयमा स्कन्दपुराणको मानसखण्डमा यो श्लोक प्रचलित रहेको छ; 

नन्दपर्वत मारभ्य यावत काकगिरी स्मृत 
तावद्वै मानसखण्ड ख्यायते मुनिसन्तम ।।

अर्थातः नन्द पर्वतबाट काकगिरीसम्मको क्षेत्र मानसखण्ड हो काकगिरी कर्णाली नदी निकट पर्दछ, भनि यसै मानसखण्ड पुस्कतमा उल्लेख गरिएकोछ  

नेपालमा १२५ जातजाती  १२३ भाषा बोलिने गर्दछन भने सरकारी आकडाहरु बताउँछन बर्तमान नेपाली राजनीतिज्ञ मध्ये केहीको विकृत राजनीतिअनुसार हरेक जातजातीलाई अलग-अलग राज्यमा कायम गर्ने हो भने एक-एक टुक्रा जमिन पनि भागमा पर्ने छैन अतएब जातीय राज्यको कल्पना देशलाई खण्डित गर्ने काम मात्र हो यस सुदूरपश्चिमलाई पौराणिक कालमा उत्तर कुरु पश्चिम कत्यूरी राम्राज्य अन्तरगत तथा जुम्ली खस चल्लमल्ल साम्राज्यअन्तरगत रही तत्पश्चात अछाम, बझाङ, डोटी आदि प्रभुता सम्पन्न साना-साना राज्यहरुमा विभक्त क्षेत्रलाई श्री पृथ्वीनारायण शाह वहाँका सुयोग्य उत्तराधिकारीहरुद्वारा कुमाउ, गढवालसम्म राज्य विस्तार गरेका थिए पछि नेपाल-अंग्रेज युद्धमा भएको सुगौली सन्धी नामक सन्धीमा पश्चिममा महाकाली नदी सीमा गरी पहाडतर्फ तराईका केही जिल्लाहरु समेत अंग्रेजी साम्राज्यअन्तरगत गएका थिए सन १८५७ को गदरमा अंग्रेजी शासकलाई नेपाल सरकारले साथ दिएकोले विजयोपरान्त अंग्रेजी सरकारले कञ्चनपुर, कैलाली, बर्दिया बाँकी चार जिल्लाको भू-भाग नेपाललाई फिर्ता गरिदिएकोले नेपाल अधिराज्यभित्र कामय गरिएकोले वर्तमान नेपाल राष्ट्र कायम रहेको थियो 

नेपाल-अंग्रेज युद्धपूर्व उपरोक्तअनुसार अछाम, बझाङ, डोटीआदि स्वतन्त्र राज्यहरु रहदा कैलाली कञ्चनपुरको भूभागसमेत यिनै राज्यहरुअन्तरगत रहेको थियो यसैक्षेत्रको लागि तत्कालीन सीमावर्ती मुस्लिम राज्यहरुसँग डोटीराज्यको मुडभेडहुँदा यी युद्धहरुको वर्णनका कयौं घटनाहरुको उल्लेख इतिहास, चैतआदिमा गरिएको छ  इतिहासअनुसार दिल्लीका बादशाह अकबरको समयमा चिन्तौड राजस्थानका शासक महाराण प्रतापको अकबरको हल्दीघाटी भन्ने ठाउँमा भएका भीषण युद्धमा २२ हजार राजपूत सेना अकबरको लाखौ सेनाबाट मारिएको थियो यस युद्धमा आफ्नो हार निश्चित सम्झि राजपूत योद्धाहरुले आफ्ना सहयोगी भिल्लाहरुको साथमा आफ्ना नाबालक केटाकेटी पत्नीहरु समेत सुरक्षित ठाउँमा गएर बस्न पठाएपछि उनीहरु हिमालयबाट तराई क्षेत्रमा आएको कुरा भारतीय इतिहासहरुबाट देखिन्छ  ती शारणार्थी राजपुत युवतीहरु हाल भारतीय तराई भावर क्षेत्रबाट सर्दै वर्तमान नेपालको तराईतर्फ आइ रानाथारु नाउले रही आएका भारतीय क्षेत्रतर्फ महाराणा प्रतापको मन्दिरसमेत बनाइ पूजाअर्चना गर्ने गरेको बुझिन्छ 

यस सन्दर्भमा नेपाल पुरातात्विक विभागको प्राचीन नेपाल नामक मुखपत्रमा कैलाली, कञ्चनपुरमा ५०० वर्ष अघिसम्म रानाथारु थिएनन  दंगाली थारुहरु श्री  जुद्ध समशेरका पालामा मात्र आएका हुन भनि स्पष्ट उल्लेख गरेको  

यिनै घटनाहरुबाट यस सुप तराई क्षेत्रमा पनि थारुहरुको अस्तित्व देखिएको यसक्षेत्रमा रहेका आदिवासी मध्ये सौका, देउरिखी, महता, पावडखस, अनन्त  बोहरामनाउनेहरु सन एक हजार त्यसका पछि आएकाहरु रहेका छन् तर इतिहासकार डा.देवीप्रसाद ओझाको इतिहास पुस्तकमा यसक्षेत्रमा आदिवासी शुद्र जाती हुन भनि उल्लेख गरिएको  

वर्तमान नेपाली कानून अनुसार कानूनी रुपले नागरिकता प्राप्त हरेक व्यक्तिको राज्यमा समान हक उत्तरदायित्व हुने आफ्नो शक्ति क्षमताअनुसार आफ्नो उन्नति गर्ने सबैलाई समान हक अधिकार भएकोले जातीय रुपले मेरो मात्र हकअधिकार हुनुपर्छ भन्ने विचार राष्ट्रघाती हुनसक्छ नेपालका अरु क्षेत्र भन्दा वर्तमान सुप क्षेत्रमा २५ प्रतिशत गरिबी बढी रहेको कुरा सरकारी रुपले पनि स्वीकार गरेका तर्फ पनि यसक्षेत्रका निवासीहरुले सामुहिक रुपले शिक्षा, उद्योग, रोजगार आदिमा बृद्धि उन्नति गर्नु नै अनिवार्य रहेको  

यसकारण अगामी बाँकी विकृत राजनीतिज्ञहरुका कुटिल जनीतिक विचारधारातर्फ नलागी आफ्नो कुरितिहरुको परित्याग गर्दै स्वधर्ममा दृढ रही आफ्नो उन्नतिको कार्य गर्नु पर्नेछ यसको लागि मेलमिलाप नै उत्तम उपाय हो  आफ्नो गौरवशाली पूर्खाको धर्म छाडी धर्मान्तरण गर्नेहरुलाई गीतामा भनिएको , ‘स्वधर्मम् मिधनम् श्रेय परमधर्मो भयावहअर्थात आफ्नो धर्ममा निधन पनि श्रेय हो परधर्म भयावह हो  

अस्तु 

(२०७२ पुष  गते सुदुर पश्चिमबाट निस्किने पश्चिम नेपाल दैनिकमा प्रकाशित)

No comments:

Post a Comment