Friday, January 22, 2016

नेपालमा महिला राष्ट्रपति

नेपालमा जनसंख्याको दृष्टिमा पुरुष  महिलाहरुको जनसंख्या बराबरै जस्तै देखिए पनि महिलाहरुले प्राकृतिक सामाजिक दुबै क्षेत्रमा पुरुषहरु भन्दा पछाडि रहनु परेको स्पष्ट भएपनि मानसिक अथवा बौद्विक रुपमा महिलाहरुको क्षमता पुरुषहरुभन्दा कम हुदैन 

आहार द्घिगुणा स्त्रिणाम् लज्जा चापि चतुर्गुणा 
शाहसं षट गुणा रचै काम अष्ट गुणा स्मृत ।।  स्मृति ।।

लेखिए पनि सबै पात्रमा यो नियम लागु हुदैन  अथवा परिवेशअनुसार पुरुष महिलामा बुद्धि, चातुर्य अथवा क्षमता त्यसमाथि हुने गर्दछ भारतसहित विदेशहरुमा महिलाहरुको राजनीतिक प्रदर्शन संसारले देखेकै थियो  तर यस पटक नेपालमा पनि महिला नेतृहरुले आफ्नो क्षमता प्रदर्शन गर्न स्थान प्राप्त गरिसक्नु भएको   यिनमा संसदकी सभामुख ओनसरी घर्तीमगर तथा देशको सर्वोच्च पद राष्ट्रपतिको रुपमा निर्वाचित विद्यादेवी भण्डारी हुनुहन्छ  ओनसरी घर्तीमगरले आफ्नो उपसभामुख कार्यकालमा आफ्नो क्षमतावान छविको प्रदर्शन गर्ने मौका पाईसकेकोले सभामुखको आगामी कार्यकालमा पनि आफ्नो निष्पक्षताको उदारतालाई वहाँले यथावत चलाउनु हुन्छ होला भन्ने देशवासीहरुले आशा लिएका छन् 

तरगरीमामय राष्ट्रपति पदमा निर्वाचित विद्या देवि भण्डारीको क्षमता भने वहाँ देशको रक्षामन्त्रिसमेत महत्वपूर्ण पदहरुमा बसेर काम गरी सक्नु भएको आफ्नो शान्त प्रकृतीको व्यक्तित्वको कारण वहाँ साच्चिकै देशको सर्वोच्च पदको लागि उपयुक्त व्यक्ति हुनुहुन्छ भन्ने मानिसहरुको भनाई  अव वहाँको कार्यकाल मंगलमय होस  देशले अभुतपूर्ण प्रगति गरोस भन्ने समस्त देशवासीहरुको कामना रहेको  

यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता 
यत्र तास्तुन पुज्यन्ते सर्वे तत्रा फला कृया ।। 

अर्थातजहाँ नारीहरुको सम्मान हुन्छ त्यहाँ देवताहरुको वास हुन्छजहाँ त्यसो हुदैन त्यहाँ सबै कार्यहरु विस्फोटन हुन्छन्भनि स्मृतिहरुमा लेखिएको  

अहिंसा सत्य मस्तेय शौच मिन्द्रिय निग्रह 
दानं दया क्षमा क्षान्ति सर्वेणा धर्म साधनम् ।।

अर्थातअहिंसासत्यवचनचोरी नगर्नशरीर  मनको शुद्घिजितेन्द्रिय, दान, विपत्तिमा सुरक्षा आक्रोष यी सबै धर्म साधन हुन् भने प्राचिनकालमा देखिएका निति वचनहरु हिंसा नगर भन्ने वेद वाक्यहरु छदा  छदै मध्यकालमा केहि विववेकहिन शासकहरु पुरोहितहरुका कारण हिन्दुजातीमा सतीप्रथाजस्तो अमानविय प्रथाको चलन रहेकोमा श्री  चन्द्र शमशेरका पालादेखि यो सतीप्रथा बन्द गरिएको थियो  त्यहाँदेखि हालसम्म गरी नारी जागरण अभियानमा नेपाली महिलाहरुको अनेकौं नामहरु प्रकाशमा आए पनि वर्तमान राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी  भण्डारीको नारी जागरण अभियानमा गरेका योगदान स्तुत्य   नेकपा एमाले पार्टी तथा सहयोगी सांसदहरुले वहाँलाई यस सुकार्यको पुरस्कार स्वरुप राष्ट्रपति पदमा निर्वाचित गरेको प्रतित हुन्छ 

निवर्तमान राष्ट्रपति रामवरण यादवले पनि आफ्नो कार्यकालमा नेपाली जनता राष्ट्रको लागि गर्नु भएका उत्थानका प्रयासहरु अतुलनिय रहेका छन्  वहाँलाई नेपाली कांग्रेसले पुनः उम्वेदवार नबनाई गल्ति गरेको भनि पनि कतिपय जनताको मत रहेको  किनकि वहाँ मधेशवादी नेताहरुका अव्यवहारिक मागसम्बन्धी लहरका बाबजुद कहिले पनि आफ्नो राष्ट्रवादी छविमा धब्बा लाग्न दिनु भएन  यसकारण वहाँ नेपाली आमजनताको विश्वास  श्रद्घाको पात्र बन्नु भएको  

नेपालको स्थिति वर्तमानमा भारतको अविवेकपूर्ण नाकाबन्दीले गर्दा कष्टप्रद बनेकोमा यसको निराकरणको उपायको साथै नेपाली नारीहरुले वैभवको प्रलोभनमा विदेशतर्फ गइ जुन दुःख, कष्ट बेइज्जती सहनु परेको यस स्थितिबाट नेपाली नारीहरुलाई बचाउन वर्तमान महिला राष्ट्रपतिले अवश्यै केहि उपाए सोच्नु भएकै होला  यसकारण यस त्रासदीबाट नेपाली नारीसहित जनतालाई मुक्ति दिलाउन आवश्यक रोजगार स्वदेशमा नै खोल्नु पर्नेतर्फ पनि वर्तमान सरकारको कर्तव्य हुन आउछ यसको लागि  भारतीय नाकाबन्दी खुलाउनेतर्फ समेत नेपाली नेताहरुको सामुहिक प्रयत्न हुन पनि आवश्यक रहेको  

(२०७२ कात्तिक १५ गते सुदुरपश्चिमबाट निस्किने पश्चिम नेपाल दैनिकमा प्रकाशित)

No comments:

Post a Comment