Friday, January 22, 2016

गोदावरी कुम्भ र राष्ट्रपतिको उद्घाटन प्रसङ्ग

सुदूरपश्चिमाञ्चल क्षेत्र कैलाली जिल्ला अन्तरगत गोदावरी क्षेत्रमा केही धार्मिक पुनरुत्थानवादी प्रगतिशिल व्यक्तित्वहरुले यस गोदावरी धार्मिक क्षेत्रको पौराणिक महत्व बुझी यस पावन तीर्थ क्षेत्रको महिमा अनुसार कुम्भ मेला आयोजनासहितको प्रचार प्रसार भइरहेको यसको संरक्षण सम्बद्र्धन कार्यको लागि सुप्रसिद्ध वरिष्ठ साहित्यकार श्री पदमराज जोशीको संयोजकत्वमा वरिष्ठ चेतनशिल नागरिकहरुको समूहका साथै स्थानीइ प्रशासन, सेना, प्रहरी तथा सडक विभाग, बिद्युत विभाग समेतको सहयोगले यस गोदावरी क्षेत्रको पुननिर्माण भइरहेको कुरा समाचारहरुबाट सुन्दा यस पुनीत कार्यको प्रशंसा हुन स्वभाविक हो

यस उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले यस कुम्भ मेलाको समुद्घाटन गरेको सुसमाचारले यस क्षेत्रका जनतामा उत्साहको लहर छाएको राष्ट्रको सर्वोच्च निकायबाट यस धार्मिक आस्थाको केन्द्रको रुपमा प्रतिष्ठित गोदावरी कुम्भ मेलाको आज उद्घाटन हुनुमा कुम्भ मेलाको मात्र होइन समस्त आयोजनाहरुको गौरवमा बृद्धि भएको राष्ट्रपति विद्यादेवी भण्डारीलाई जनकपुर जानकी मन्दिरमा विरोधी शक्तिहरुद्वारा गर्न खोजिएको अपमानको भरपाइ पनि हुनसक्नेछ जनकपुरमा जगन्माता श्री जानकीको मन्दिरमा भारत टीकमगढकी महारानीले आफ्नो पुत्र प्राप्तीको उपलक्ष्यमा भाखल अनुसार तत्कालिन नौ लाख रुपैयाँ खर्च गरि जनकपुरमा श्री जानकी मन्दिर निर्माण गरी दिएकी थिइन भन्ने कुरा बहु चर्चित रहेकोछ

यसरी एउटी रानीद्वारा निर्मित श्री जानकी देवीको मन्दिरमा एउटी महिला राष्ट्रपतिले पूजा अर्चना गर्नु कुनै नौलो कुरा होइन तैपनि नेपाल सरकार विरोधी शक्तिहरुले त्यहाँका केही छुद्र उदण्ड व्यक्तिहरुलाई लगाइ राष्ट्रपतिको अपमान हुने गरी मन्दिरलाई धोइ पखाली सफा गरेको थियो रे ! यो कुरा केही समान्तहरुले प्रशारित गरेका थिए तर नेपाल राष्ट्रकै एक भाग सुदूरपश्चिमी क्षेत्रको कैलाली जिल्लामा यहाँका प्रबुद्ध जनताहरुले गोदावरीमा कुम्भ मेला जस्तो भव्य धार्मिक मेलामा यस मेलाको उद्घाटन गरि आयोजना सफल पारी दिन उनै राष्ट्रपतिलाई सादर निवेदन दिएकोमा एउटै देशमा पनि बिभिन्न विचारधाराहरुको अधिपत्य रहेको प्रमाणित हुन्छ

नेपाल साहित्य तथा संस्कृति प्रतिष्ठान, गोदावरी अमृत महास्नान दिव्य सहश्रकुम्भ दर्शन मेला गोदावरी कैलाली नाउबाट प्रख्यात गरिएको यस श्रेत्रको यस अद्वितीय कुम्भ मेलामा दर्शनार्थी तथा स्नानार्थी धार्मिक जनताको समागमबाट मेला भव्य हुन्छ नै तर यस प्राचीन पौराणिक पवित्र धार्मिक क्षेत्रको पुनरुद्धार गरिकार्य सम्पन्न गराउने महानुभावहरुको पनि प्रशंसा जति गरेपनि कम हुनेछ किनकी हाम्रो यस मानसखण्ड सुदूरपश्चिमाञ्चल क्षेत्रमा सृष्टिकालदेखि नै तपस्वी ऋषिमूनि विद्वानहरुको तपोभूमि एवं अनेकौं तीर्थहरु रहेको प्रमाणित भएको त्यसपछि कालान्तरमा सुशिक्षाको अभावले गर्दा लुप्त प्रायः भइरहेको गोदावरी जस्तो पौराणिक पवित्र तीर्थस्थलको खोज संरक्षणले गर्दा यसका महिमा बढ्नुको साथै यस क्षेत्रको पर्यटन व्यवसायमा पनि सहयोग मिल्ने सक्ने पर्याप्त सम्भावनाहरु रहेकाछन्

यसै कर्ममा सुदूरपश्चिम क्षेत्रमा रहेका अनेकौं धार्मिक ऐतिहासिक तथा पर्यटकिय स्थलहरु मध्ये दार्चुला जिल्लामा रहेका अनेकौं स्थलहरु यस्ता छन, जसको खोज अनुसन्धान हुनु आवश्यक उदाहरणार्थ भगवान वेदव्यासको प्रसङ्गमा तनहु दमौलीमा वेद व्यास वहाँका पिता पराशर ऋषिका गुफा छन संसारको सबै भन्दा ठूलो व्यास ऋषिको मूर्ति बनाइने भन्ने कुरा टीभीबाट सुनिएकोमा वेदव्यासको दार्चुला प्रवासको प्रसङ्ग उल्लेख नभएको हुनाले यस लेखकले गोरखापत्रमा श्री वेदव्यास दार्चुलामा बस्नुभएको पौराणिक प्रसङ्ग व्यास गुफा, व्यास मन्दिर, व्यास गर्खा, व्यास हिमाल व्यासी थरका मानिस समेत दार्चुला जिल्लामा भएकोले महाभारतको समयमा श्री व्यास दार्चुला जिल्लामा बसेको कुरा उल्लेख गरेकोछ

त्यस्तै भगवान मल्लिकार्जुन सम्बन्धित प्रमाणिक कुरा पनि कैयौ पटक उल्लेख गरि सकेकोछ उकु क्षेत्रका राजा नागपालको महिमा मण्डित श्लोकहरु जुन खण्डित अवस्थामा भेटिएका छन त्यहाँको खोजका साथै बैतडीको पाताल भूमेश्वर गुफाको खोज कार्य समेत समस्त सुदूरपश्चिमको खोज अनुसन्धान हुनु जरुरी यी क्षेत्रहरु पर्खाइमा रहेका छन्

(२०७२ माघ गते प्रकाशित)

No comments:

Post a Comment