Friday, January 22, 2016

मानसखण्ड र सुपको थारु समाज

इतिहास भन्दछमुगलवादशाह मुहम्मद अकबर (इस्वि सन् १५५६१६०५ राजस्थान भारतका स्वतन्त्रता प्रेमी चित्तौड नरेश महाराणा प्रतापका राजपूत सेनाबीच भएको भयङ्कर युद्धमा महाराणा प्रतापको २२ हजार राजपूत योद्धा सैनिकहरुले लाखौं संख्यामा रहेका मुगल सेनासँग लड्डा लड्दै वीरगति प्राप्त गरे स्वयं महाराणा प्रताप पनि उनको चेतक नामक शीघ्रगामी अश्व उनकै विद्रोही भाइ शक्ति सिंहले नबचाएको भए संकटमा परिसकेका थिए यस युद्धको विनाशकारी परिणामको विचार गरी राजपूत योद्धाहरुले आफ्ना सहयोगी भिल्लहरुका साथ आफ्ना परिवारजनहरुका साथ सुरक्षित मानिएको हिमालयवर्ति तराई भावरतर्फ पठाएका थिए  ति शरणार्थीहरुको दल वर्तमान भारततर्फको तराई भावर क्षेत्र हुदै हालको नेपाली सुदूरपश्चिमाञ्चलको तराई कैलाली, कञ्चनपुरतिर प्रवेश गरी रानाथारु नामले प्रसिद्ध रहेका छन् 

दङ्गाली थारुहरु भने श्री  जुद्ध शम्सेरका पालामा मात्र यस क्षेत्रमा आएका हुन  यसअघि  सय वर्षसम्म कुनै थारु समाज यहाँ थिएन भनि नेपाल पुरातत्व विभागको मुखपत्रप्राचिन नेपालको एउटा अंकमा उल्लेख गरिएको   भारततर्फको तराई क्षेत्रमा महाराण प्रतापको मन्दिर बनेको  भने इतिहासमा पनि उल्लेख गरिएको   

हुन  आर्यावर्तको यस मानसखण्ड भूखण्डमा आर्यहरुको बसोबास सृष्टिकालदेखि रहिआएको भन्ने प्रमाणहरु छन्  सुमेरु पर्वत (कैलास)मा देवताहरुको विनास  भगवान शिवको निवासस्थान मानिन्छ मानसरोवर झीलमा भगवान शिव  जगन्माता पार्वती राजहंसको रुपमा जलक्रिडा गर्नु हुन्छ भन्ने पनि भनाई रहेकोछ कैलास पर्वतको सम्बन्धमा धर्मशास्त्रहरुमानकैलास समोगिरी अर्थात कैलास समान कुनै पर्वत छैन भनेर सम्मान प्रकट गरेका छन्  यसै कैलास मानसरोवरको नामले यसक्षेत्रको नाम मानसखण्ड रहेको भनिएकोछ  मानसखण्डको ब्याख्या स्कन्द पुराण मानसखण्डमा यसरी गरिएको छः

नन्द पर्वत मारम्य यावत काकगिरी स्मृत 
तावतै मानसखण्ड रंव्यायते नृप सत्तम ।। 

अर्थातः नन्दपर्वत (भारत उत्तराखण्ड राज्य)देखि लिएर कर्णाली नदी क्षेत्रसम्मको भूभाग मानसखण्ड हो 

भारतमा विदेशी विधर्मि मुस्लिम आक्रमणकारीहरुको अत्याचारले गर्दा असंगठित हिन्दु, बौद्ध राज्यहरुको पतन भइ त्यहाँका अनेकौं प्रान्तबाट जिउ धर्म बचाउन पलायन भएका आर्यहरु यस हिमालवर्ति पहाडी  तराई क्षेत्रमा आइ बसोबास गरेका थिए भने इतिहासहरु छन यिनै प्राचिन निवासी तथा नवआगन्तुक स्वधर्मी मानिसहरु मिलेर बनेको आधुनिक समाज हो  तत्कालिन सानासाना राज्यहरुमा विभक्त राज्यहरुलाई एकीकरण गरि श्री पृथ्वी नारायण शाह एवं उहाँका सुयोग्य उत्तराधिकारीहरुले नेपाल राष्ट्रको नाउ दिइ वर्तमान नेपालको निर्माण गरे परन्तु समुद्रपारबाट आएका व्यापारी रुपधारी अंग्रेजहरुले निर्वल बनेको भारतमाथि विजय गरि तत्कालिन नेपाली सेनासँग युद्ध हुदा भएको सम्झौताअनुसारको महाकाली नदी सिमाना रहेको पनि धेरैजसो विजित भूभाग नेपालले गुमाउनु परेकोमा पछि श्री  जंगबहादुर राणाको पालामा अंग्रेज सरकारलाई सैनिक सहायता गरे वाफत नयाँ मुलुक भनिएको कञ्चनपुर, कैलाली, बर्दिया बाँकेको तराई क्षेत्र फिर्ता भइ नेपाल अधिराज्यमा भागिदा वर्तमान नेपाल राष्ट्र बनेको इतिहास देखिन्छ 

यसप्रकार सृष्टिकालदेखि बसोबास गरि आएका  आगन्तुक भनिए पनि मानिसहरुको समिश्रणबाट बनेको हिन्दु (आर्य) बाहुल्य समाजका नागरिकहरुले नोपलको राष्ट्रिय कानूनअनुसार नागरिकता पाइसकेका एकताबद्ध समाजमा केही अदूरदर्शी स्वार्थी राजनीतिक नेताहरुले १२५ जातजाती १२३ भाषभाषी रहेको यस नेपालमा जातीय राज्य तथा प्रान्तीय राज्यको प्रलोभन देखाइ विघटनकारी विषविज छरिदिए यस प्रभावमा परि इमानदार सोझा मानिएका थारु समाजका केही व्यक्तिहरुले टीकापुर हत्याकाण्डजस्तो जघन्य अपराध गरेकोमा कानूनले आफ्नो कर्तव्य गर्ने नै  

तर आफ्नो उन्नतिको लागि आफ्नो पुर्खाकोधर्म मर्यादाको त्याग गरि धर्मान्तरण जस्तो भयावह कार्यद्वारा आफ्नो बहुसंख्यक समाजको त्याग गर्नेहरुले पछुताउनु पर्ने स्थिति आउन नदिन आफ्नो पीछडिएको समाजलाई शिक्षा आदि माध्यमद्वारा क्षमता बढाउन उपयुक्त यसबाट सुपको परम्पारिक एकता सद्भाव कायम रही सुपका जनताले उन्नति प्रगति गर्न सक्ने छन् पूर्खाको श्रम, त्याग, कीर्ति आर्जित यो दैदिकी सभ्यता, विद्याबुद्धि शौर्ययुक्त प्रतिभा, गुण, शिल्पको मानवता, सद्ज्ञान, सद्गुणमयी यस आर्य संस्कृतिसँग छोडी लोभ मोहमा नफस है, गरि धर्म परिवर्तनकर्ता 

(२०७२ पुष २० मा पश्चिम नेपाल दैनिकमा प्रकाशित)

No comments:

Post a Comment